२५ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

कमला नदिमा पुल नहुदा सर्वसाधारण डुङ्गामा जोखिम यात्रा गर्न बाध्य

Logo
प्रकाशित शुक्रबार, मंसिर २७, २०७६

न्यूजमधेश समचारदाता
जनकपुरधाम,२७ मंसिर।धनुषा र सिरहा जोड्ने कमला नदीमा पुल नहुँदा दैनिक हजारौं सर्वसधारण डुङ्गामा जोखिम यात्रा गर्न बाध्य छन् ।

कमला नदीको पुर्वतिर सिरहाको सारश्वर र पश्चिमतीर धनुषाको सुखठोर टोल पर्छ । अतिव्यस्त सडक भएपनि कमला नदीमा पुल नहुँदा सर्वसधारण डुङ्गा चढेर ओहोरदोहोर गर्छन् ।डुङ्गामा एक जनालाई पार गर्न घटवार (डुङ्गा चलाउने)ले ५० रुपैया लिन्छ । मोटरसाइकल पार गर्न १ सय रुपैया लिने गरिएको छ ।

सिरहाबाट जनकपुरतर्फ आउन लागेका विजय यादबले पार गर्न पनि समस्या र रकम पनि तिर्नुपरेको बताए । उनले डुङ्गामा क्षमताभन्दा बढी लोड गर्दा डुब्ने डर लाग्ने गरेको सुनाए । सिरहा सदरमुकामबाट प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम जान सर्वसधारण यही बाटो प्रयोग गर्छ । यो बाटो भएर सिरहाबाट जनकपुर पुग्न मात्र १ देखि डेढ घण्टा लाग्छ । त्यसैले सिरहा सदरमुकामबासी जनकपुर जानुपरे यही बाटो प्रयोग गर्छन् । धनुषातर्फका सर्वसधारण त नुन, तेल खरिद गर्न पनि सिरहा सदरमुकाम नै पुग्ने गरेका छन् ।

उनीहरु सालाना (वर्ष दिनमा एकैपटक) डुङ्गा चढेको रकम तिर्ने गर्छन् । धनुषाको कमला क्षेत्रका हजारौं मानिस सिरहा बजारमा निर्भर छन् । उनीहरु विरामी पर्दा पनि जनकपुर नगई सिरहा बजार पुग्छन् । किनकी सिरहा नजिकमा पर्छ । कमला नदीमा पुल नहुँदा यस भेगका जनता अत्यन्त मारमा परेका छन् । डुङ्गा नचलेको दिन वा रातिको समयमा कोही विरामी पर्दा ज्यानै गुमाउनुपर्ने अवस्था सृजना हुने गरेको यात्रु सरोज गोइतले गुनासो पोखे ।धनुषाका सयौं परिवार दुध बेच्न पनि यही बाटो भएर सिरहा सदरमुकाम पुग्छन् ।

उनीहरुले वर्षमा एकै पटक घटबार (डुङ्गा चलाउने)लाई तिर्ने गरेको बताउँछन् । घटबार बिन्देश्वर माझीले दुध बेच्न बजार जानेहरु बर्षेनी २० किलो धान दिने गरेको बताए । उनले कहिले कसैसँग रुपैया नहुनेलाई त्यतिकै पार गरिदिने गरेको सुनाए ।
उनले भने, ‘समस्या छ । सरकारले पुल बनाइदिनुपर्यो यहाँ पनि ।’अतिव्यस्त यो बाटो भएपनि कमला नदीमा पुल बनाउन अहिलेसम्म न सिरहा तर्फका न धनुषा तर्फका नेताहरुले पहल गरेका छैन । हुलाकी सडक अन्तर्गत कमला नदीमै पुल निर्माणाधित रहेपनि कहिले निर्माण पुरा हुने हो ठेगान छैन । ठेकेदारको लापरबाहीले विगत ७ वर्षमा आधा प्रगति समेत भएको देखिदैन । त्यहाँ पनि डुङ्गामा सर्वसधारण जोखिम यात्रा गर्छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]