२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

समुह व्यवस्थापन,नेतृत्व विकास तथा क्षमता विकास तालिम सम्पन्न

Logo
प्रकाशित शुक्रबार, मंसिर २७, २०७६

न्यूजमधेश समाचारदाता
कपिलवस्तु,२७मंसिर।स्ट्रोम फाउण्डेसनको आर्थिक सहयोगमा किर्डाक नेपालको सहजीकरणमा तथा विद्याज्योति,साहासी ज्ञानज्योति,समृद्धि स्वाबलम्बन समुहलाई समुहको व्यवस्थापन र नेतृत्व विकास क्षमता अभिवृद्धि सम्बन्धि तालिम बुद्धभूमी नगरपालिका वडा नं ४ बुड्ढीमा सम्पन्न भएको छ ।

तालिममा स्वावलम्वन समुहका सदस्यहरुलाई समुह व्यवस्थापन,बैठक संचालन,समुहको आवश्यकता र महत्व,प्रभावकारी संचारर,पैरवी,वकालत,संगसंगै समुहको वार्षिक योजना निर्माण र नेतृत्व विकास क्षमता अभिवृद्धि गराउने उद्देश्य को लागि तालिम संचालन गरिएको छ ।
तालिममा विभिन्न किसिमको समुह कार्य लाई झल्काउने भिडियो,विभिन्न कथाहरु संगै सहभागितामूलक औजारहरुको प्रयोग गरी सबै सहभागिहरु लाई समूह कार्य,छलफल , प्रर्दशन,समुह प्रस्तुति,अन्तरक्रिया गराएर तालिमलाई प्रभावकारी रुपमा सिकाई लाई आदान प्रदान का साथ तालिम सहजीकरण गरिएको थियो ।

तालिममा विद्याज्योति स्वावलम्बन समुहका अध्यक्ष रेखा चौधरी यस तालिम पश्चात समुहलाई अगाडि बढाएर लैजानका लागि तालिम एकदम प्रभावकारी रहेकोले समुहका सबैजना समुहलाई अगाडि बढाउनका लागि आग्रह गर्नु भएको छ ।
पछाडि परेको समुदाय तथा विभिन्न सामाजिक कुरिती तथा कुःसंस्कार ले झेलिएको हाम्रो समाजलाई रुपान्तरण गर्नका लागि सबैजनाको चेतना तथा व्यवहारमा परिवर्तन हुन जरुरी हुन्छ र यो किर्डाक नेपालले संचालन गरेको संवाद कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।

तालिम ४ ओटा स्वावलम्बन समुहलाई २ ठाउँमा विभाजन गरेर संचालन गरिएको थियो र बुद्धभूमि नगरपालिकामा संचालन भएको १६ वटा स्वाबलम्बन समुहमा नै संचालन गर्ने किर्डाक नेपालका सामुदायिक सहजकर्ता राजेश कुमार चौधरीले बताउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]