१९ कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
×

धनुषामा बम विस्फोट हुँदा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु

Logo
प्रकाशित शनिबार, मंसिर २८, २०७६

सौगात अधिकारी
जनकपुरधाम, २८ मंसिर । धनुषाको महेन्द्रनगरमा मध्यरातमा शक्तिशाली बम बिष्फोट हुँदा प्रहरी निरीक्षकसहित ३ जनाको भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार मध्यरातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं.५ स्थित महेन्द्रनगरमा इलाका प्रहरी कार्यालय भन्दा करीब चार सय मिटर दूरीमा शक्तिशाली बम बिष्फोट हुँदा स्थानीय ४६ वर्षीय राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

यस्तै बम विष्फोटमा घाइते प्रहरी निरीक्षक अमिर दाहालको घरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो ।

राति १२ बजे राजेश्वरको घरको शौचालय शंकापस्द वस्तु बम फेला परेपछि उनीहरुले प्रहरीलाई खबर गरे । ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट शंकास्पद वस्तु के हो भनि यकिन गर्न पुगेका बेला सो बम बिष्फोट भएको जनाइएको छ ।

बम बिष्फोटमा प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भिर घाइते भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् । गम्भीर घाइतेहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । अन्य दुई जना सामान्य घाइते छन् ।

घरमुली साहले गाउँमा रकम लगानी गर्ने गरेका कारण कसैले हत्याकै लागि बम बिष्फोट गराएको हुन सक्ने स्थानीयको आशंका छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान अगाडि बढाइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]