२१ बैशाख २०८२, सोमबार
05-05-2025 , Mon
×

सप्तरीमा जङ्गली जनावरको आक्रमणबाट महिलाको मृत्यु, वृद्ध घाइते

Logo
प्रकाशित शनिबार, मंसिर २८, २०७६

न्यूजमधेश समाचारदाता
राजबिराज,२८मंसिर।सप्तरी जिल्लाको पुर्वी भेगमा जङ्गली जनावरको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने एक बृद्ध घाईते भएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ६ की मिना सदाकी पत्नि ३५ वर्षीया सीतादेवी सदाको शनिबार बँदेलको आक्रमणमा परी मृत्यु भएको हो। घर नजिकै जंगलमा खर काट्न गएकी सदालाई बँदेलको आक्रमण परी घाइते पश्चात् स्थानीय अस्पतालमा उपचारको लागि लगिदै गर्दा मृत्यु भएको जनाएको छ ।

यसैगरी शनिबारै जंगली हात्तीको आक्रमणमा परी एक वृद्ध गम्भीर घाईते भएका छन्। घाइते हुनेमा सोही नगरपालिका १२ निवासी ७५ वर्षीय सनमान भुजेललाई हात्तीले आक्रमण गरि गम्भीर घाइते बनाएको छ । गहुँको खेतमा पानी लगाउन गएका बेला भुजेललाई हात्तीले आक्रमण गरेको थियो।

उनलाई थप उपचारको आगि कोशी अञ्चल अस्पताल विराटनगर पठाईएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]