२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

जगदम्बा प्रा.लि.द्वारा हेलमेट वितरण

Logo
प्रकाशित आइतबार, मंसिर २९, २०७६

संतोष रन्जितकार
बीरगंज,२९मंसीर ।समदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शनिबार हेलमेटले हाम्रो ज्यानको रक्षा गर्छ (जझभित कबखभक यगच ष्खिभक) भन्ने नाराकासाथ शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रा.लि.ले वीरगन्ज स्थित घण्टाघर चौकमा शनिबार मोटरसाईकल चालकहरुलाई निःशुल्क हेल्मेट बितरण गरेको छ ।

शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रा.लि.का कार्यकारी निर्देशक राजेश अग्रवालले बिना हेल्मेट मोटरसाईकल चलाउने बालबालिका, महिला तथा पुरुष चालकहरुलाई घण्टाघर चौकमा सयौंको संख्यामा निःशुल्क हेल्मेट बितरण गरेका हुन ।

त्यसैगरी बिभिन्न संघ सस्थाहरुलाई मेडीकल बक्स समेत बितरण गरेका थिए । शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रा.लि.को सहयोगमा घण्टाघर चौकमा निःशुल्क हेल्मेट बितरन कार्यक्रममा प्रमुख अथिति वीरगन्ज महानगरपालिकाका नगरप्रमुख बिजयकुमार सरावगी, २ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्र.उ.गोग बहादुर पालले शुभकामना मन्तब्य दिदै बिना हेल्मेट सवारी चलाउंदा विभिन्न किसिमको घटनामा पर्दा टाउको फुटेर ज्याननै जान सक्ने भएकोले हेलमेट लगाएर आफ्नो ज्यानको रक्षा गर्न बताउनु भएको थियो ।

वीरगंजका मेयर सरावगीले दुर्घटनाबाट जोगाउन हेल्मेट महत्वपुर्ण साबित भएकाले हेल्मेट बितरण गरिएको बताउनुभयो । उहाँले मोटरसाईकल चालक संगै पछाडि बस्ने यात्रुलाई पनि जोखिम रहेकोले पछाडि बस्ने यात्रुले पनि हेल्मेट लगाउनुपर्ने धारणा राख्नुभयो । निःशुल्क हेलमेट बितरण कार्यमा वीरगन्ज राउण्ड टेबुलका सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल-भारत सीमा नाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमा नाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार […]

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]