२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

मेची महाकाली रेल निर्माणका लागि प्रक्रिया सुरु भयो

Logo
प्रकाशित आइतबार, मंसिर २९, २०७६

न्यूजमधेश समचारदाता
जनकपुरधाम,२९ मंसिर।मेची महाकाली रेलवे निर्माणका लागि आवश्यक रकम र दाता खोजी भईरहेको बेला यसका प्रक्रियागत कार्यहरु भने सम्पन्न गर्ने कार्यहरु भईरहेका छन् ।

यसैक्रममा मेची महाकाली रेलवे आयोजना अन्तर्गतको इनरुवा काकडभिट्ठा खण्ड र इटहरी विराटनगर रेलवे लिंक निर्माणका लागि इआई अर्थात वातावरणीय प्रभाव मुल्यांकनको सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ ।

रेल विभागले विराटनगरमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा विद्युतीय रेलवे निर्माणको रुट, यसको लागत, प्रभावित जनसंख्या, वन क्षेत्र र खोलानालाको अवस्था तथा जग्गा अधिग्रहण र मुआब्जा बारे सरोकारवालाहरुलाई जानकारी गराइएको छ ।

करिब १ हजार ७४ अरब निर्माण लागत अनुमान गरिएको पूर्व पश्चिम मेची महाकाली रेलवे करिब ९ सय २५ किलोमिटर र उत्तर दक्षिण लिंक रेलवे ८० किलोमिटर हुने रेल विभागले जानकारी दिएको छ ।

सो रेलवे आयोजनाको इनरुवा काकडभिट्ठा खण्ड करिब १०६ किलोमिटर र इटहरी विराटनगरको रेलवे लिंक करिब २० किलोमिटर लम्बाईको हुनेछ । पूर्वी खण्डको लागत भने करिब १ सय ७४ अरब हुने बताइएको छ ।

मेची महाकाली रेलवे आयोजनाको डिपिआर बनिसकेको भएपनि दाता खोज्ने कार्य भईरहेकोले निर्माण शुरु हुने मिति भने अझै टुंगो लागिनसकेको रेल विभागका पदाधिकारीहरुले बताएका छन् ।

सो सार्वजनिक सुनुवाई कार्यक्रममा रेलवे मार्गमा पर्ने सम्बन्धित महानगरपालिका, गाँउपालिकाका प्रमुखहरु, जग्गावाला, नागरिक समाज र उद्योगी व्यापारीहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]