२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

काठमाडौंबाट हराएका युवती चितवनका होटलमा यस्तो अवस्थामा भेटिएपछ

Logo
प्रकाशित सोमबार, मंसिर ३०, २०७६

न्यूजमधेश समाचारदाता
चितवन,३० मंसिर।नेपालमा अहिले देह व्यापार डरलाग्दो तरिकाले बढ्दै गइरहेको छ । सरकारले सञ्चालन गर्न कानुनी रुपमा मान्यता नदिए पनि मान्छेहरु खाजा घरका नाममा पनि यस्तो कार्य गर्दै आइरहेका छन् । यस्तै, युवतीहरुलाई जबर्जस्ती धन्दामा संलग्न गराएको आरोपमा चितवन प्रहरीले होटल सञ्चालकसहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट हराएका दुईजना युवतीको खोजी गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौं डेरा गरी बस्ने १४ र २२ वर्षका युवती गएको कात्तिक २८ गतेदेखि हराएका थिए ।उनीहरु चितवनमा फेला परेको प्रहरीले जानकारी दिएको छ । मोबाइल फोनको लोकेसन खोज्दै जाँदा उनीहरु जुगेडीमा रहेको एउटा होटलमा बसेको फेला परेको प्रहरीले जानकारी दिएको छ ।

चितवन प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी उपरिक्षक (एसपी) दानबहादुर मल्लका अनुसार होटलबाट पनि उम्काएर उनीहरुलाई अन्यत्र लैजान खोजेका बेलामा प्रहरीले उनीहरुको उद्दार गरेको हो । ती युवतीहरुलाई भरतपुर महानगरपालिका–२९ जुगेडीमा सञ्चालन भएको होटलमा राखेर जर्बजस्ती धन्दामा संलग्न गराउने गरेको जानकारीका आधारमा प्रहरीले छापा मा’रेको हो ।

प्रहरीले होटल सञ्चालक जुगेडीका ५० वर्षीय जंगबहादुर क्षेत्री र ३९ वर्षीया निर्मला थापा क्षेत्रीलाई नियन्त्रणमा लिएको हो । यस घटनामा सुनसरी धरान–८ लेटाङकी २४ वर्षीया रोशिका राईलाई पनि नियन्त्रणमा लिइएको छ । रोशिकाले ती युवतीहरुलाई काठमाडौं बाट फकाएर जुगेडीसम्म पुर्याएका थिँए । पक्राउ भएका व्यक्तिहरु विरुद्ध मानव बेचबिखन तथा ओसारपसार अपराधमा सजाय माग गर्दै उजुरी दिइएको छ । अपराध प्रमाणित भए १० देखि १५ वर्ष कैद, ५० हजारदेखि एक लाख रुपैयाँसम्म कैद हुने कानुनी व्यवस्था कायम रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]