२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

काठमाडौंबाट हराएका युवती चितवनका होटलमा यस्तो अवस्थामा भेटिएपछ

Logo
प्रकाशित सोमबार, मंसिर ३०, २०७६

न्यूजमधेश समाचारदाता
चितवन,३० मंसिर।नेपालमा अहिले देह व्यापार डरलाग्दो तरिकाले बढ्दै गइरहेको छ । सरकारले सञ्चालन गर्न कानुनी रुपमा मान्यता नदिए पनि मान्छेहरु खाजा घरका नाममा पनि यस्तो कार्य गर्दै आइरहेका छन् । यस्तै, युवतीहरुलाई जबर्जस्ती धन्दामा संलग्न गराएको आरोपमा चितवन प्रहरीले होटल सञ्चालकसहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट हराएका दुईजना युवतीको खोजी गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौं डेरा गरी बस्ने १४ र २२ वर्षका युवती गएको कात्तिक २८ गतेदेखि हराएका थिए ।उनीहरु चितवनमा फेला परेको प्रहरीले जानकारी दिएको छ । मोबाइल फोनको लोकेसन खोज्दै जाँदा उनीहरु जुगेडीमा रहेको एउटा होटलमा बसेको फेला परेको प्रहरीले जानकारी दिएको छ ।

चितवन प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी उपरिक्षक (एसपी) दानबहादुर मल्लका अनुसार होटलबाट पनि उम्काएर उनीहरुलाई अन्यत्र लैजान खोजेका बेलामा प्रहरीले उनीहरुको उद्दार गरेको हो । ती युवतीहरुलाई भरतपुर महानगरपालिका–२९ जुगेडीमा सञ्चालन भएको होटलमा राखेर जर्बजस्ती धन्दामा संलग्न गराउने गरेको जानकारीका आधारमा प्रहरीले छापा मा’रेको हो ।

प्रहरीले होटल सञ्चालक जुगेडीका ५० वर्षीय जंगबहादुर क्षेत्री र ३९ वर्षीया निर्मला थापा क्षेत्रीलाई नियन्त्रणमा लिएको हो । यस घटनामा सुनसरी धरान–८ लेटाङकी २४ वर्षीया रोशिका राईलाई पनि नियन्त्रणमा लिइएको छ । रोशिकाले ती युवतीहरुलाई काठमाडौं बाट फकाएर जुगेडीसम्म पुर्याएका थिँए । पक्राउ भएका व्यक्तिहरु विरुद्ध मानव बेचबिखन तथा ओसारपसार अपराधमा सजाय माग गर्दै उजुरी दिइएको छ । अपराध प्रमाणित भए १० देखि १५ वर्ष कैद, ५० हजारदेखि एक लाख रुपैयाँसम्म कैद हुने कानुनी व्यवस्था कायम रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल(जसपा) फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्। साथै उनीहरुसँग २९ […]

काठमाडौं । संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताए । ‘अध्यक्ष यो सरकारको स्थायित्वको […]

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्। स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्। राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, […]