११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

विराटनगरलाई हराउँदै धनगढी विजय

Logo
प्रकाशित मंगलबार, पुष ०१, २०७६

न्यूजमधेश समाचारदाता
धनगढी ,१ पुस।पोखरा प्रिमियर लिग (पीपीएल) मा एक्स्पर्ट धनगढीले रोमाञ्चक जित निकालेको छ ।

विराटननगर टाइटन्सले टस जितेर फिल्डिङ रोजे पछि धनगढीले पहिलो ब्याटिङ गरेको थियो । धनगढीले विराटनगरलाई ११८ रनको सामान्य चुनौती प्रस्तुत गर्यो । तर, विराटनगरले यो चुनौती भेटाउन सकेन ।

जित नजिक पुगेको विराटनगरका ब्याट्सम्यान एकपछि अर्को गुम्दै गयो । अन्तिम ओभरमा विराटनगरलाई जितका लागि १५ रन आवश्यक थियो । राजेश पुलामी मगरलाई कप्तान दीपेन्द्रसिंह ऐरीले क्याच आउट गराए ।

यसपछि पुनिट महरासँग साझेदारीका लागि किशोरी महतो क्रिजमा आए । अन्तिम ओभरको तेस्रो बलमा महतोले छक्का प्रहार गरे ।

अर्को बलमा २ रन ल्याए । अब जितका लागि दुई बलमा सात रनको आवश्यता थियो । तर, कप्तान ऐरीले महतोलाई बोल्ड गर्दै जित निश्चित गरे ।

प्लेअर अफ दी म्याच ऐरीले तीन विकेट लिएर १९ रन खर्चिए । धनगढीका लागि सागर ढकाल दुई लिए भने अनिल खरेल, कमल ऐरी र अमित यादवले समान एक–एक विकेट लिए ।

विराटनगरका लागि विकेट किपर राजु रिजालले जोडेको २५ रन नै सर्वाधिक स्कोर बन्न पुग्यो । सुनिल धमला १६, पुनित मेहरा १५ र कप्तान प्रदीप ऐरीले १० रन जोड्न बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

११८ रनको चुनौती प्रस्तुत गर्न धनगढीका लागि भने कमल ऐरीले दुई छक्का र दुई चौकाको मद्दतमा २६ रन जोडेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]