१७ कार्तिक २०८२, सोमबार
03-11-2025 , Mon
×

विराटनगरलाई हराउँदै धनगढी विजय

Logo
प्रकाशित मंगलबार, पुष ०१, २०७६

न्यूजमधेश समाचारदाता
धनगढी ,१ पुस।पोखरा प्रिमियर लिग (पीपीएल) मा एक्स्पर्ट धनगढीले रोमाञ्चक जित निकालेको छ ।

विराटननगर टाइटन्सले टस जितेर फिल्डिङ रोजे पछि धनगढीले पहिलो ब्याटिङ गरेको थियो । धनगढीले विराटनगरलाई ११८ रनको सामान्य चुनौती प्रस्तुत गर्यो । तर, विराटनगरले यो चुनौती भेटाउन सकेन ।

जित नजिक पुगेको विराटनगरका ब्याट्सम्यान एकपछि अर्को गुम्दै गयो । अन्तिम ओभरमा विराटनगरलाई जितका लागि १५ रन आवश्यक थियो । राजेश पुलामी मगरलाई कप्तान दीपेन्द्रसिंह ऐरीले क्याच आउट गराए ।

यसपछि पुनिट महरासँग साझेदारीका लागि किशोरी महतो क्रिजमा आए । अन्तिम ओभरको तेस्रो बलमा महतोले छक्का प्रहार गरे ।

अर्को बलमा २ रन ल्याए । अब जितका लागि दुई बलमा सात रनको आवश्यता थियो । तर, कप्तान ऐरीले महतोलाई बोल्ड गर्दै जित निश्चित गरे ।

प्लेअर अफ दी म्याच ऐरीले तीन विकेट लिएर १९ रन खर्चिए । धनगढीका लागि सागर ढकाल दुई लिए भने अनिल खरेल, कमल ऐरी र अमित यादवले समान एक–एक विकेट लिए ।

विराटनगरका लागि विकेट किपर राजु रिजालले जोडेको २५ रन नै सर्वाधिक स्कोर बन्न पुग्यो । सुनिल धमला १६, पुनित मेहरा १५ र कप्तान प्रदीप ऐरीले १० रन जोड्न बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

११८ रनको चुनौती प्रस्तुत गर्न धनगढीका लागि भने कमल ऐरीले दुई छक्का र दुई चौकाको मद्दतमा २६ रन जोडेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]