१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

विद्यार्थी जनमत संघको एकाई समिति गठन ,अध्यक्षमा यादव

Logo
प्रकाशित बुधबार, पुष ०२, २०७६

न्यूजमधेश समाचारदाता
रुपन्देही ,२ पुस।डा सीके राउत नेतृत्वको जनमत पार्टीले माघ १३ गते रुपन्देही जिल्लाको भैरहवामा आमसभाको घोषणा गरेलगतै जनवर्गीय संगठन विस्तारमा तिव्रता गरेको छ।

यसैक्रममा बुधबार रुपन्देही जिल्लाको मर्चवार आदर्श बहुमुखी क्याम्पस मझगावाँ मा आलोक यादव को अध्यक्षता मा विद्यार्थी जनमत संघ मर्चवार आदर्श बहुमुखी क्याम्पस मझगावाँमा २५ सदस्यीय एकाई समिति गठन गरेको छ।

त्यसैगरी उपाध्यक्षमा मिना कुमारी चौधरी ,सचीवमा दुर्गेश यादव,सहसचिवमा मिना कोहाँर र कोषाध्यक्षमा सेनु पाल चयन भएको छ।

एकाई समितिको सदस्यमा संजय कुमार चौधरी, दया शंकर पाल, राहुल वरई, सुरेन्द्र यादव, धर्मेन्द्र मौर्य, दुर्गा प्रसाद धवल, राजेश कुमार बरई, सुवाश चन्द्र यादव, अमरजित चौधरी,शैलेष चाई, सिमा मौर्य, सुलेमान खान, शैलेश यादव, वन्दना मौर्य, निर्मला मौर्य, उम्मे कुल्सुम खातुन, पुजा कुमारी यादव, प्रियंका जैसवाल, विन्द्रावती मल्लाह, विवेक यादव, हृदेशमणि त्रिपाठी लगायतका विद्यार्थीहरु रहेको छ।

कार्यक्रम जनमत पार्टी रूपन्देहीका क्षेत्र नं ४ का क्षेत्रिय ईन्चार्जहरू सुनिल यादव, कृष्णा कोहार, धर्मेन्द्र गुप्ता, अकवर अली अन्सारी सन्तोष यादव सहयोगमा सम्पन्न भएको हो।

कार्यसमिति गठन कार्यक्रममा विद्यार्थी जनमत संघका विद्यार्थी नेता विकास प्रसाद लोधले विद्यार्थीहरुलाई प्रशिक्षण समेत दिएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]