२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

अग्नीलाई साक्षी राख्दै ‘सातौं फेरा’मा बेहुलीले विवाह इन्कार गरेपछि…

Logo
प्रकाशित बिहिबार, पुष ०३, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,३ पुस।झापामा सिन्दूर हाल्नेबेलामा हात नचल्दा विवाह भाडिँएको र चार लाख जरिवाना तिराइएको समाचार चर्चामा रहेका बेला एउटा यस्तै अर्को ‘छ फेरा’ घुमिसेकेपछि सातौं फेरा घुम्नै लाग्दा बेहुलीले विवाह अस्वीकार गरेको समाचार सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

पहिलो घटना नेपालको भए पनि पछिल्लो घटना भने भारतको हो । जहाँ बेहुलीले सात फेरा लिनु अघि विवाह इन्कार गरेकी हुन्

भारतको कानपुरस्थित सचेंडीको छीतेपुर गाउँ निवासी एक किशानकी छोरीको बिठूरको नारामऊ गाउका एक युवकसंग विवाह तय भएको थियो । बेहुलीको घरमा जन्तीका स्वागतका लागी बाहिर पटाका पट्याएर नाचगान चलिरहेको थियो ।

तर अचानक बेहुलीले विवाह गर्न अस्वीकार गरीन् । तर उनलाई सम्झाई बुझाई विवाहका लागी मनाइयो । जन्ती आए विवाहको प्रकृयाहरु शुरुवात भयो । वैवाहिक प्रकृयाको अग्नी घुमेर सात फेरा लिने कार्यक्रम शुरु भयो ।

बेहुलीले ६ फेरा लिएपछि ७ फेरा लिनुअघि विवाहका लागी पुनः अस्वीकार गरिन् । उनलाई फेरी सम्झाई बुझाई गर्न थालियो । तर उनले विवाह नगर्ने हठ त्यागिनन् । बेहुलीले विवाह गर्न नमाने पछि भब्य तयारीका बिचमा थालिएको विवाहको प्रकृया ठाउँको ठाउँ रोकिएको थियो ।

बेहुलीले किन विवाह गर्न मानिनन् भनेर जस्ती गएका सबैले चासो दिए । अन्ततः प्रहरी बोलाइयो । प्रहरीले बेहुलीले विवाह गर्न नमान्नुको कारण बुझ्न खोज्यो । जब बेहुली विवाहका लागी अस्वीकार गर्नुको कारण बताइन्, तब बेहुलीको हठलाई धेरै स्रहाना गरे ।

विवाहका विवाह मण्डप आउदै गर्दा अचानक जब बेहुलीले बेहुलाको उमेर आफुभन्दा बढि देखिन् तब उनले पहिलो पटक विवाहका लागी अस्किार गरीन् । तर आफन्तले सम्झाएपछि उनी विवाहका लागी तयार पनि भइन् । जब विवाहको प्रकृया शुरु भएको थियो । तर अग्नि साक्षी राखेर फेरा लिने बेलामा बेहुलीले अचानक ७ औं फेरा लिनुअघि कदम रोकिन्, कारण थियो बेहुला मदिरा पिएर विवाह मण्डपमा पुगेका थिए ।

बेहुलीले घटनाबारे जानकारी लिन आएका प्रहरीलाई भनिन्, म भन्दा झण्डै दोब्बर उमेरको मानिससंग विवाह कसरी गरौं । आफन्तले सम्झाएपछि यो कुरा पनि मैले माने तर एक जड्याहासंग म कसरी विवाह गरौं । बेहुलीको यस्तो बयान पछि बेहुली पक्ष तथा प्रहरी पनि उनकै पक्षमा उभिए । अन्ततः विवाह भाँडियो । जन्ती खाली हात फर्किए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]