२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

समाजिक परिक्षण कार्यक्रम सम्पन्न

Logo
प्रकाशित बिहिबार, पुष ०३, २०७६

राम प्रघट कोरी
विजयनगर,३ पुस।इन्द्रेणी ग्रामीण बिकास केन्द्र नेपालले आज आ.व. ०७५÷०७६ को सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

कपिलवस्तु को बुद्धभुमि नगरपालिका गोरूसिँगे को पौवा होटेल मा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालले “संस्थाले विकास गर्ने नभई बाटो देखाइ दिने काम गर्ने हो” भन्दै विजयनगर गाउँपालिका र बुद्धभुमि नगरपालिकामा संस्थाले ल्याएको परिवर्तन अनुगमनको क्रममा प्रत्येक्ष रूपमा देखेको कार्यलाई खुलेर प्रसंशा गर्नु भयो।

संस्था द्वारा संचालित तीन ओटे कार्यक्रम आइ एम स्वडिस् , एल आइ टि र सि एस म्याप बुद्धभुमी र विजयनगर गाउँपालीकामा सञ्चालीत कार्यक्रमको लक्षित समुह अन्र्तगत छलफलमा उठेका समस्या,सुझाव र सवल पक्षको क्रिर्याकलाप आगामी कार्यक्रममा समेटेर लैजाने संस्थाका अध्यक्ष विष्णु पौडेलले प्रतिबद्धता जनाउनु भएको थियो ।

संस्थाका कार्यकारी निर्देशक प्रदिप शाहले संस्थाको लक्ष्य, मुल्य मान्यता, मुख्य विषयगत कार्य क्षेत्र ,संरचना लाभान्वीत समुहहरुको बारेमा प्रष्ट पार्दै संस्थाले नयाँ कार्यक्रम सम्झौता गरिसकेकोले छिट्टै कपिलवस्तुको चारवटा पालीकामा संञ्चालन गर्ने समेत जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा सेवा निकायका प्रमुख,दातृ निकायका प्रमुख, सेवा ग्राहि र सरोकारवालाहरुको सहभागीतामा कार्यक्रमलाई गैर सरकारि संस्था महासंघका अध्यक्ष प्रविण कुमार श्रीवास्तवले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षता र मनोज पन्थीको सञ्चालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]