०३ माघ २०८२, शनिबार
17-01-2026 , Sat
×

जलाउँदै गरेको शव प्रहरीले किन लियो नियन्त्रणमा ?

Logo
प्रकाशित शनिबार, पुष ०५, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम, ५ मंसिर।जलाउँदै गरेको शव प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको पचरौतामा शंकास्पद अवस्थामा जलाउन लागेको भन्दै शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले जल्दै गरेको शव फेला पार्दासम्म शरिरको अधिकांश भाग जलिसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जलिरहेको शव निभाएर मासु परीक्षणको लागि लगिएको प्रहरीले जनाएको छ ।

पचरौता नगरपालिका १ पिपरपातीकी ४० वर्षीया मालती देवी नुनियाको शव नेपाल भारत सिमा दशगजा नजिकै जमुनी खोलाको किनारमा जल्दै गरेको अवस्थाबाट प्रहरीले शव नियन्त्रणमा लिएको हो ।

मालतीलाई उनकै श्रीमान रामयाद महतो नुनियाले हत्या गरि जलाउन लगेको आशंका प्रहरीले गरेको छ ।

भारतको मोतिहारी माइती भएकी मालतीको शंकास्पद मृत्यु भएको खबर मालतीकै फुपाजुका छोरा राजकुमार महतोले प्रहरी चौकी पिपरपातीलाई खबर गरेका थिए ।

उनले दिएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, एसपी बिकासराज खनालसहितको टोली बिहान ११ बजे मालतीको घर पुगेको थियो । तर उनीहरु घरमा नभएपछि प्रहरीले खोजी गरेको थियो ।

खोजतलासको क्रममा प्रहरीले बस्तीभन्दा करिब ४०० मिटर पर जल्दै गरेको अवस्थामा शव फेला परेको प्रहरी चौकी पिपरपातीका प्रहरी सहायक निरीक्षक शेष राहुल्लाहले जानकारी दिए ।

मृतक मालतीका दुई छोरा मध्ये सात वर्षीय एक छोरा फुपुको घरमा बस्दै आएका छन् भने अर्का छोरा श्रीमान् र सासुसँगै फरार रहेका छन् ।उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]