२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

साना किसान कृषि सहकारीको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

Logo
प्रकाशित आइतबार, पुष ०६, २०७६

ओम प्रकाश साह
जनकपुरधाम, ६ पुस । धनुषाको हँसपुर नगरपालिका ७ नौवाखोर प्रसाही स्थित साना किसान कृषि सहकारी संस्था लि.ले आफ्नो पाँचौ वार्षिक साधारण सभा एक कार्यक्रम आयोजना गरि शनिवार सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष बिमा कुमारी कर्णको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले आजको बचत भोलिको सहारा भएकोले सहकारी संस्था बचत गर्ने एउटा माध्यम रहेकोले यसमा जुटनका लागि सबैसँग आग्रह गरेका छन् ।
उनले सुलभ र सहज किसिमबाट सहकारीबाट मात्र ऋण उपलब्ध हुने पनि बताएका छन् । मेयर मण्डलले सहकारीबाट ऋण लिएर उत्पदनमुलक क्षेत्र जस्तैमा पशुपालन ,व्यपार व्यबसाय , कृषि उत्पादनमा लगानी गर्नका लागि समेत आग्रह गरेका छन् ।त्यस्तै संस्थाका प्रबन्धक राम भरोस साहले वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरेका छन् ।

वार्षिक प्रतिवेदनमा संस्थामा हालसम्म १२५ वटा समूह रहेको छ जसमध्ये १६० दलित, ४० जनजाति तथा ४२५ अन्य गरी ६२६ जना सदस्य रहेको उल्लेख छ । त्यस्तै प्रस्तुत प्रतिवेदनमा सदस्यदेखि लिएर सञ्चालक तहसम्म महिलाहरुको मात्र सहभागिता रहेको, रेमिटान्स सुविधा प्रदान गर्दै आएको , विभिन्न किसिमको तालिम प्रदान, बेलाबेलामा तालिमको व्यवस्था गर्दै आएको,शेयर सदस्यहरुको छोरा छोरीहरुलाई कृषि तालिमको लागि इजर्राल पठाउने कार्य प्रस्तुत कार्यपत्रमा उल्लेख छ ।

पाँचौ वार्षिक साधारण सभामा हँसपुर उपमहानगरपालिकाका उपमेयर रेणु कुमारी झा, राजकुमार साह, वडा नं. ७ का वडा अध्यक्ष रामसेवक मण्डल, कार्यपालिका सदस्य श्रीमती जिवछी दास तत्मा, नेपाली काँग्रेसका वडा पत्याशी भोला मिश्र, उत्तिमलाल कापड, रामविलास महतो लगायतले आफना विचार राखेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]