२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

साना किसान कृषि सहकारीको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

Logo
प्रकाशित आइतबार, पुष ०६, २०७६

ओम प्रकाश साह
जनकपुरधाम, ६ पुस । धनुषाको हँसपुर नगरपालिका ७ नौवाखोर प्रसाही स्थित साना किसान कृषि सहकारी संस्था लि.ले आफ्नो पाँचौ वार्षिक साधारण सभा एक कार्यक्रम आयोजना गरि शनिवार सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष बिमा कुमारी कर्णको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले आजको बचत भोलिको सहारा भएकोले सहकारी संस्था बचत गर्ने एउटा माध्यम रहेकोले यसमा जुटनका लागि सबैसँग आग्रह गरेका छन् ।
उनले सुलभ र सहज किसिमबाट सहकारीबाट मात्र ऋण उपलब्ध हुने पनि बताएका छन् । मेयर मण्डलले सहकारीबाट ऋण लिएर उत्पदनमुलक क्षेत्र जस्तैमा पशुपालन ,व्यपार व्यबसाय , कृषि उत्पादनमा लगानी गर्नका लागि समेत आग्रह गरेका छन् ।त्यस्तै संस्थाका प्रबन्धक राम भरोस साहले वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरेका छन् ।

वार्षिक प्रतिवेदनमा संस्थामा हालसम्म १२५ वटा समूह रहेको छ जसमध्ये १६० दलित, ४० जनजाति तथा ४२५ अन्य गरी ६२६ जना सदस्य रहेको उल्लेख छ । त्यस्तै प्रस्तुत प्रतिवेदनमा सदस्यदेखि लिएर सञ्चालक तहसम्म महिलाहरुको मात्र सहभागिता रहेको, रेमिटान्स सुविधा प्रदान गर्दै आएको , विभिन्न किसिमको तालिम प्रदान, बेलाबेलामा तालिमको व्यवस्था गर्दै आएको,शेयर सदस्यहरुको छोरा छोरीहरुलाई कृषि तालिमको लागि इजर्राल पठाउने कार्य प्रस्तुत कार्यपत्रमा उल्लेख छ ।

पाँचौ वार्षिक साधारण सभामा हँसपुर उपमहानगरपालिकाका उपमेयर रेणु कुमारी झा, राजकुमार साह, वडा नं. ७ का वडा अध्यक्ष रामसेवक मण्डल, कार्यपालिका सदस्य श्रीमती जिवछी दास तत्मा, नेपाली काँग्रेसका वडा पत्याशी भोला मिश्र, उत्तिमलाल कापड, रामविलास महतो लगायतले आफना विचार राखेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]

राजविराज। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन्। सप्तरीको महादेवा गाउँपालिका—१ स्थित चिम्टीका अग्निपीडितको अवस्थाबारे आज जानकारी लिनेक्रममा आज मुख्यमन्त्री यादवले मधेसमा बसोबास गर्ने हरेक व्यक्तिको पीडा र समस्याप्रति सरकार संवेदनशील रहेको बताए। उनले आगलागीपीडित जनतालाई राहत तथा पुनस्र्थापनाका काममा पनि सरकार तदारुकताका साथ लाग्ने भन्दै उनले समस्याबाट नआत्तिन […]

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]