११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

थारु समुदायकाे परम्परागत सीप विकास तालिम सम्पन्न

Logo
प्रकाशित सोमबार, पुष ०७, २०७६

न्यूजमधेश समाचारदाता
कपिलवस्तु,७ पुस।कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं ८ ढोडेकोलमा थारु समुदायको परम्परागत सीप विकास तालिम थारु मादल र ढकिया बुन्ने तालिम सम्पन्न भएको छ ।

वाणगंगा नगरपालिका वडा नं ८ को कार्यालयमा उक्त कार्यक्रम गरिएको हो । प्रदेश सांसद विष्णु पन्थीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पूर्व कृषिमन्त्री चक्रपाणी अर्यालको विशिष्ट आतिथ्यता रहेको कार्यकम्रमा बोल्दै वाणगंगा नगरपालिका वडा नं ८का वडा अध्यक्ष गुणानिधी भुसालले ढकियाहरु राम्रो भएमा आफूले उक्त सामाग्रिको अन्यत्रै बजारिकरण गरिने प्रतिबद्धता जनाउदै थारु समुदायले पुराना लोप हुदैँ गएको संस्कृति,सीप,कलालाई जोगाउनु पर्नेमा जोड दिनुभएको थियो ।

पहिलेको तुलनामा अहिले पुराना संस्कृतिका सामाग्रीहरु निकै लाप हुदैँ गएको हुनाले आगामी दिनहरुमा यसको संरक्षणका लागी आफू लागी परेको बताउँदै सफलताको शुभकामना समेत व्यक्त गर्नुभएको हो ।

त्यस्तै कार्यक्रममा बोल्दै चक्रपाणी अर्याल बलदेवले प्रशिक्षक रामवली चौधरीलाई धन्यावाद दिदैँ ढोडेकोलमा सीपमूलक तालिमलाई अझ प्रभावकारीता बनाउनका लागी सम्पूर्णलाई आग्रह गर्नु भयो । नगरमा उत्पादन गरेका आफ्नै सीपलाई निरन्तरता दिनुपर्ने र आफ्नो संस्कृतिलाई जोगाउनु पर्ने बताउनु भएको छ ।

प्रदेश सांसद पन्थीले थारु संग्राहलय निर्माण गर्ने र पर्यटकिय बनाउने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा तालिम प्राप्त सम्पूणलाई प्रमाण पत्र प्रदान गरिएको छ । कल्याणकारी कोषाध्यक्षको स्वागत मन्तव्य तथा रामबहादुर चौधरीको संचालनमा सम्पन्न भएको हो । कार्यक्रमको समापन थारु समुदायका परम्मरागत सिप विकास समितिका अध्यक्ष नाथुराम थारुले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]