२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

४ लाख नगदसहित ३ जना हुण्डी कारोबारी पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष १०, २०७६

न्यूजमधेश समाचारदाता
वीरगन्ज,१० पुस।पर्सा प्रहरीले ४ लाख रुपैयाँ नगदसहित ३ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका २ जनालाई ४ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको मोतिहारी घर भएका ४४ वर्षीय सुशील कुमार शर्मा र सोही ठाउँकी १८ वर्षीया सरोजनी कुमारी छन् ।

प्रहरीका अनुसार उनीहरु ना २९ प ८५९५ नम्बरको मोटरसाइकलमा रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेका थिए ।

प्रहरीसँगको बयानका क्रममा उनीहरुले उक्त पैसा वीरगन्जको आदर्शनगरस्थित अकृति कस्मेटिक पसलका सञ्चालक राज कुमार अग्रवाललाई दिन ल्याएको बताएका छन् ।

उनीहरुको बयानका आधारमा प्रहरीले अकृति कस्मेटिक पसलका सञ्चालक अग्रवाललाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]