२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

१० हजार रुपैयामा सांसदको अण्डरवियर र गन्जी मागे पछि स्थानीय नेता मिश्रा कुटिए

Logo
प्रकाशित बिहिबार, पुष १०, २०७६

न्यूजमधेश समाचारदाता
कपिलबस्तु, १०पुस।कृष्णनगरका स्थानीय नेता श्याम मिश्राले प्रतिनिधी सभा क्षेत्र नं. ३ का सांसद अभिषेक प्रताप शाहको अण्डर वियर र गन्जी मागे पछि उत्पन्न विवादमा नेता मिश्रा उपर हातपात भएको छ ।

सांसद शाहका डईभर शशीकान्त कश्यपलाई युवा नेता मिश्राले सांसद शाहको भित्री वस्त्रहरु अण्डरवियर र गन्जी लुकाएर ल्याईदिन आग्रह गरे । त्यसको बदलामा नेता मिश्राले डईभर कश्यपलाई नगद १० हजार रुपैया दिने प्रलोभन देखाएको डईभर कश्यपले बताए । तर सो आग्रह आफुले नमानी सो कुरा सांसद शाहलाई भनिदिंए, डईभर कश्यपले भने ।

घटना पौष ५ गते सांझको हो । नेता मिश्रा र डईभर कश्यप विच भएको यो वर्तालाप बारे बुझ्न युवा नेता मिश्रालाई शाह भवनमा आफुले बोलाएको सांसद शाहले बताए । आफ्नो भित्री वश्त्र किन चाहियो भनेर सोध्दा नशामा रहेका नेता मिश्रा उल्टै चर्को स्वरमा कराउन थाले, सांसद शाहले भने, “त्यस पछि डईभर कश्यप र मिश्रा विच विवाद उत्पन्न भए भयो ।” सो विवाद पछि मिश्राले जथाभावी गाली गलौज गर्न थाले पछि आफुहरु विच सामान्य झैझगडा तथा झडप सृजना भएको डईभर कश्यपले बताए ।

मलाई नै टुनामुना लगाउन मेरो भित्री बस्त्र खोज्ने र मेरा डईभरसंग भएको विवादलाई लिएर मलाई बदनाम गर्न खोज्ने एक खाले तत्व कृष्णनगरमा क्षेत्रमा सक्रिय रहेको सांसद शाहले आरोप लगाए । यसमा आफ्नो कुनै संलग्नता छैन, घटना बारे छानविन गर्न स्थानीय प्रशासन समक्ष मेरो पनि आग्रह छ, सांसद शाहले भने ।

सांसद शाहको भित्री वस्त्र लिएर टुनामुना लगाउनका लागि यस्तो प्रयास गरिएको हुन सक्ने सांसद शाहका एक निजी सचिवले बताए । युवा नेता मिश्रा राप्रपा नेपालका तर्फबाट कृष्णनगर नगरपालिकामा मेयर पदमा उम्मेदवार रहेका थिए । नेता मिश्राले भने आफुलाई सांसद शाहले हातपात गरेको आरोप लगाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ‌। मधेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई सेवाग्राही बनेर महोत्तरीको जलेश्वरस्थित घरेलु कार्यालयको निरीक्षण गरेका छन् । कर्मचारीले काममा ढिलासुस्ती र घुस माग्ने गरेको गुनासो सेवाग्राहीबाट आएपछि मन्त्री भट्टराई निरीक्षणका लागि १० बजेर ९ मिनेटमै घरेलु कार्यालय पुगे । उनी कार्यालयमा प्रवेश गर्दा एक जना सहयोगी (कास) मात्र थिए । उनले कार्यालय […]

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले तत्काल सरकारबाट समर्थन कायमै राख्ने भएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटमा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जसपाका अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन कायम रहने बताएका हुन् । आफूले उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री ‘प्रचण्ड’सँग भेटेको र देशको समसामयिक तथा अमेरिका भ्रमणलगायतको विषयमा कुराकानी भएको यादवले बताएका […]

जनकपुरधाम ।सप्तरीमा जनता समाजवादी पार्टी (जसपा) नेपालसहित विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेता तथा महिला नेतृ जनमत प्रवेश गरेकी छिन् । जिल्लाको कंचनरुप नगरपालिका-१० बदगामा र भोडहाका दुई दर्जनभन्दा बढी नेता तथा महिला नेतृहरु जनमत पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा अमला देवी गुप्ता ,जगिरा खातुन,अफसना खातुन ,रिना देवी मुखिया,कोपिला कुमारी मुखिया ,सुलेखा […]