१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

१० हजार रुपैयामा सांसदको अण्डरवियर र गन्जी मागे पछि स्थानीय नेता मिश्रा कुटिए

Logo
प्रकाशित बिहिबार, पुष १०, २०७६

न्यूजमधेश समाचारदाता
कपिलबस्तु, १०पुस।कृष्णनगरका स्थानीय नेता श्याम मिश्राले प्रतिनिधी सभा क्षेत्र नं. ३ का सांसद अभिषेक प्रताप शाहको अण्डर वियर र गन्जी मागे पछि उत्पन्न विवादमा नेता मिश्रा उपर हातपात भएको छ ।

सांसद शाहका डईभर शशीकान्त कश्यपलाई युवा नेता मिश्राले सांसद शाहको भित्री वस्त्रहरु अण्डरवियर र गन्जी लुकाएर ल्याईदिन आग्रह गरे । त्यसको बदलामा नेता मिश्राले डईभर कश्यपलाई नगद १० हजार रुपैया दिने प्रलोभन देखाएको डईभर कश्यपले बताए । तर सो आग्रह आफुले नमानी सो कुरा सांसद शाहलाई भनिदिंए, डईभर कश्यपले भने ।

घटना पौष ५ गते सांझको हो । नेता मिश्रा र डईभर कश्यप विच भएको यो वर्तालाप बारे बुझ्न युवा नेता मिश्रालाई शाह भवनमा आफुले बोलाएको सांसद शाहले बताए । आफ्नो भित्री वश्त्र किन चाहियो भनेर सोध्दा नशामा रहेका नेता मिश्रा उल्टै चर्को स्वरमा कराउन थाले, सांसद शाहले भने, “त्यस पछि डईभर कश्यप र मिश्रा विच विवाद उत्पन्न भए भयो ।” सो विवाद पछि मिश्राले जथाभावी गाली गलौज गर्न थाले पछि आफुहरु विच सामान्य झैझगडा तथा झडप सृजना भएको डईभर कश्यपले बताए ।

मलाई नै टुनामुना लगाउन मेरो भित्री बस्त्र खोज्ने र मेरा डईभरसंग भएको विवादलाई लिएर मलाई बदनाम गर्न खोज्ने एक खाले तत्व कृष्णनगरमा क्षेत्रमा सक्रिय रहेको सांसद शाहले आरोप लगाए । यसमा आफ्नो कुनै संलग्नता छैन, घटना बारे छानविन गर्न स्थानीय प्रशासन समक्ष मेरो पनि आग्रह छ, सांसद शाहले भने ।

सांसद शाहको भित्री वस्त्र लिएर टुनामुना लगाउनका लागि यस्तो प्रयास गरिएको हुन सक्ने सांसद शाहका एक निजी सचिवले बताए । युवा नेता मिश्रा राप्रपा नेपालका तर्फबाट कृष्णनगर नगरपालिकामा मेयर पदमा उम्मेदवार रहेका थिए । नेता मिश्राले भने आफुलाई सांसद शाहले हातपात गरेको आरोप लगाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]