२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

महिला हिंसाबाट जोगाउन बालिकालाई आत्मरक्षा तालिम

Logo
प्रकाशित शुक्रबार, पुष ११, २०७६

विशाल पाण्डेय
कैलाली ,११ पुस। महिला हिंसाका घटना बढ्न थालेपछि स्टिम परियोजनाले विद्यालयका बालिकाहरुलाई आत्मरक्षासम्बन्धी तालिम दिएको छ । कैलालीको घोडाघोडी नगरपालिका -५ चोङ्गालीपुरमा रहेको दरख माध्यमिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी तीन दिने आधारभूत तालिम दिएको हो ।

तालिममा विद्यालयमा अध्ययनरत कक्षा १० का ४५ जना छात्राहरु सहभागि भएका थिए । उनीहरुलाई आत्मरक्षा कसरी गर्ने भनेर मार्शल आर्टको तालिम दिइएको हो ।

महिला हिंसाका घटना, कुटपिट र जबरजस्ती करणीका घटना बढी भएको हुनाले घटनालाई निरुत्साहित गरि महिलाको आत्मबल बढाउन तालीमको आयोजना गरिएको मर्सिकोरको सिनियर अफिसर पवित्रा चौधरीले बताइन् । उनले ‘महिला हिंसा न्युनीकरण गर्न खेलकुद उत्तम विकल्प हुने भएकोले खेलकुदकै माध्यमबाट घटनाबाट कसरी बच्ने भन्नेबारे विभिन्न ट्रिकहरु सिकाएको बताइन् ।

आत्मरक्षा तालिमबाट आफुमा निकै परिवर्तन भएको र हिंसाको बिरुद्धमा बोल्न सक्ने क्षमतामा बृद्धि भएको तालिममा सहभागी घोडाघोडी नगरपालिका- ७ हरिनगरकि निशा जैशीले बताइन् ।

तालिममा सहभागी अर्कि छात्रा रचना चौधरीले अप्ठ्यारोमा परेका बेला आफ्नो सुरक्षा आफै कसरी गर्ने, किशोरी मैत्री समाज कसरी बनाउने लगायतका कुराहरु सिकेको बताइन् । उनले यहाँ सिकेको स्टेपहरु घर वरपरका साथीहरुलाई पनि सिकाउने प्रतिबद्धता जनाइन । कार्यक्रममा सहभागी छात्राहरु र सरोकारवालाहरु बिच सवाल र जवाफ समेत गरिएको थियो ।

समापन कार्यक्रममा घोडाघोडी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रेम रोकायाले आफुहरुले सिकेको सीपलाई ब्यवहारमा लागु गर्दै अरुलाई पनि सिकाउन आग्रह गरे । पछिल्लो समय धेरै हिंसात्मक गतिबिधिहरु भईरहेकोले आत्मरक्षा तालिमले बालिकाहरुको आत्मबल बढे संगै धेरै सहजताको अनुभुती गर्ने धारणा राखे । मानवमा हुने भेदभावका कारण नै बढी हिंसा हुने गरेको बताएउदै अध्यक्ष रोकायाले हिंसा न्यूनीकरणका लागि परम्परागत सोचको अन्त्य गर्दै अभिभावकहरुपनी सतर्क रहनु पर्ने बताए । स्टिम परियोजनाका सहजकर्ता निर्मला चौधरी तथा अरुण विकले छात्राहरुलाई तिन दिनसम्म प्रशिक्षण दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]