२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

सत्ताको आडमा मेयर बरबरिया र वडाध्यक्ष मण्डल सार्वजनिक सम्पत्ति हत्याउदै

Logo
प्रकाशित शनिबार, पुष १२, २०७६

न्यूजमधेश समाचारदाता

जनकपुरधाम, १२ पुस। धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया र वडा न.६ का अध्यक्ष रामएकवाल मण्डलले सार्बजनिक सम्पत्ति हत्याउन लागेको रहस्य खुलेका छ्न।गैरकानुनी रुपमा बिक्री गरिएको रुख काट्न नदिएपछि मेयर र वडा अध्यक्षको रहस्य बाहिर आएको हो ।

शहिदनगर नगरपालिका वडा न.६ को बरहकी पोखरी डिलमा रहेको सार्बजनिक रुख मेयर बरबरिया र अध्यक्ष मन्डलले बिक्री गरि कटान सुरु गरेपछी स्थानीय अगुवा तथा राजनितिककर्मीहरुले रोक लगाएका छन । मेयर बरबरिया र अध्यक्ष मन्डलले पोखरी डिलमा रहेको ६ सय सपेताको रुख प्रक्रिया बिना नै रकम कुम्ल्याउनको लागि गोप्य रुपमा बिक्री गरेपछि स्थानीय अगुवा तथा राजनितिककर्मीले रुख काट्न नदिएको समाजबादी पार्टीका यूवा नेता उमेश निरालाले जानकारी दिए ।

स्थानियको आग्रहमा आफूहरुले सार्बजनिक रुखको अबैध बिक्री तथा कटानमा रोक लगाएको निरालाले बताए । यद्यपि उनीहरुले १०/१२ वटा रुख काटिसकेको छ । नगरपालिकामा रुख बिक्री तथा कटानको कागजी प्रक्रिया उपलब्ध गराउन माग गरेको उनले बताए ।

नेता निरालाको अगुवाइ तथा गौरी मन्डल, दिनेश मन्डल लगायत का अगुवाहरुले गैरकानूनी रुख बिक्री बिरुद्ध नगरपालिकाको न्यायीक समिती सहित सम्बन्धित निकायमा उजुरी दिने जानकारी गराए । रुख कटान रोक्नका लागि ईलाका प्रहरी कार्यालय यदूकुहाका ईन्चार्ज दिपक बाबू केसीलाई समेत जानकारी गराइएको छ । ईन्चार्ज केसीले आफ्नो काम शान्ती सुरक्षा मात्र उपलब्ध गराउने प्रतिक्रिया दिएको निरालाले सुनाए ।

रुख काट्न नदिएपछी मेयर बरबरिया गोप्य बैठकमा सक्रिय भएका छ्न । यता गौर कानूनी रुख बिक्री तथा कटान सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा मेयर बरबरिया र वडा अध्यक्ष मण्डलसंग सम्पर्क हुन सकेन ।- खोजकेन्द्र

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]