०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

रेडियो बिन्दास एफएम ९४.८ मेगाहर्जको ९ औं बार्षिक उत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शनिबार, पुष १२, २०७६

अजित भुजेल
बिरगंज,१२ पुुस।रेडियो बिन्दास एफएम ९४.८ मेगाहर्जको आयोजनामा बिरगंजको घन्टाघरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।बिहान ८ बजे देखि सुरु भएको रक्तदान दिउसो ३ बजे सम्म चलेको थियो।रेडियो बिन्दास एफएमको ९ औं बार्षिक उत्सवको अवसर पारेर सो रक्तदानको आयोजना गरेको एफएमका डाईरेक्टर पन्नालाल साहले बताए।

रेडियो बिन्दास एफएमका प्रबन्ध निर्देशक आरसि यादवले रक्तदान गरेर कार्यक्रमको सुरुआत भएको थियो ।रक्तदान कार्यक्रममाक ९ महिला सहित ८० जनाले रक्तदान गरेका थिए ।रक्तदान गर्नु हुनेमा सुधा देबि , आरसि यादव , संतोष कुमार , मरिर आलम , केशव पासवान , ईन्दर गुप्ता , मदन कुमार महतो , शेख असलम , रेयान रौनियार , बिजय कुमार कुसवाह , रामबाबु साह र अब्बास अन्सारी लगायतकाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा रेडियो बिन्दास एफएम ९४.८ मेगाहर्जका डाईरेक्टर पन्नालाल साह , बिरेन्द्र् साह , ज्योती साह , रामबाबु पटेल , सुनिता सिंह , कुर्बान हवारी , मधु राणा , दिलिपराज कार्की , बिशेस्वर प्रसाद चौधरी , सन्चारकर्मी जगत राई , राजेन्द्रसिंह राजपुत , संतोषमान रन्जितकार , अजित कुमार भुजेल लगायतकाको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]