२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

महिला तथा बालबालिकाको पहलमा ५४औ हप्ता सरसफाई

Logo
प्रकाशित शनिबार, पुष १२, २०७६

न्यूजमधेश समचारदाता
जनकपुरधाम,१२ पुस।महिला तथा बालबालिकाहरुको पहलमा ५४ औं हप्ता सरसफाई कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

महिला सरसफाई अभियानी रुवि झालगायतको सरसफाई अभियानीहरुको सक्रियतामा साप्ताहिक सरसफाई अन्तर्गत शनिवार जनकपुरको पिडारीचोक
स्थित रहेको गोरधोई पोखरी र पोखरीको वरिपरिलाई सरसफाई गरिएको छ ।

रेलवे ट्रैक सरसफाई अभियानको ५४ औं हप्ता शनिबार पिडारीचोकस्थित गोरधोई पोखरी र पोखरीको वरिपरि सरसफाई गरिएको छ ।

सरसफाई कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कंणेल, धनुषाका सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती, धनुषा प्रहरी प्रमुख रमेश कुमार बस्नेत , वड़ा नंबर ९ का अध्यक्ष परमेश्वर साह,
कामाख्या परिवार नेपाल अध्यक्ष बिभास लाभ,युवा नेता रमन सिंह,कामाख्या परिवारको सचिब तथा लालगढ़ अस्पतालको सामाजिक आर्थिक पुनर्स्थापना प्रमुख ललिता लाभ,महेंद्र यादव,हीरा अधिकारी,कपिलदेव यादवलगायत सरसफाई अभियानीहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]