३२ साउन २०८२, आइतबार
17-08-2025 , Sun
×

जनकपुरधाम उपमाहानगरपालिकाका प्रमुख लालकिशोर साहलाई उतकृष्ट मेयरको उपाधी

Logo
प्रकाशित सोमबार, पुष १४, २०७६

न्युजमधेश समचारदाता
जनकपुरधाम,१४ पुस । जनकपुरधामलाई धार्मिक नगरीको रुपमा स्थापीत गराउनका लागि महत्वपुर्ण भुमीका खेलेको भन्दै जनकपुरधाम उपमाहानगरपालिकाका प्रमुख लालकिशोर साहलाई सम्मानीत गरिएको छ ।

नगर प्रमुख साहले जनकपुरधामलाई विकसीत वनाउनका लागि गरेको अथक मेहनतलाई मध्यनजर गर्दै उनलाई जिल्लाको उत्कृष्ट मेयरको पदवीबाट सम्मानीत गरिएको हो । जनकपुरधामको अधिकृत संगममा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख साहलाई प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेलले सम्मानपत्र प्रदान गरेका थिए ।

जनकपुरधामका प्रमुख लालकिशोर साहलाई जनकपुरधाम उपमहानगरपालिकामा नगरप्रमुखको रुपमा निर्वा्िचत भएपछि नगरको सडक फराकिलो बनाउन तथा जनकपुरधामलाई धार्मिक शहर बनाउनका लागि खेल्नु भएको भूमिका र नगरक्षेत्रको जनताको सेवामा देखाएको सक्रियता, आम नगरवासीको मन जित्नेगरि गुणस्तरीय विकास निर्माणको कामकाजलाई मध्यनजर गर्दै नगरप्रमुख साहलाई उतकृष्ट मेयरको उपाधीबाट सम्मान गरिएको प्रजिअ कंडेलले जानकारि दिए ।

नगरप्रमुख साहलाई यसभन्दा पहिले पनि जनकपुरधामको विकासमा योगदान पुरयाएको र नगरकार्यपालिकाको कर्मचारीहरुलाई राम्रो काम गर्न उतप्रेरित गरेको भन्दै उपमहानगरका कर्मचारीहरुले नगरप्रमुख साहलाई सम्मान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]