३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

सप्तरीमा जनमत पार्टीको संगठन विस्तारमा तिव्र

Logo
प्रकाशित बिहिबार, पुष १७, २०७६

न्यूजमधेश समाचारदाता
सप्तरी, १७ पुस ।डा सीके राउत नेतृत्वको जनमत पार्टीको सप्तरीमा दुई स्थानिय तहमा वडा एकाई तदर्थ समिति विहिवार गठन गरिएको छ ।

छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ लालापट्टीमा राजकुमार खङ्गको नेतृत्वमा गठन गरिएको छ भने, डाकनेश्वरी नगरपालिका वडा नम्बर ७ ब्रहमपुरमा संदिप कुमार मण्डलको नेतृत्वमा गठन गरिएको हो ।

लालापट्टीमा धर्म नारायण यादवको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रशुराम, दिनेश, रामकिसुन, राजकुमार, उपेन्द्र, अमोद, शालिकराम, रामकुमार, कुलानन्द, हरिजिवन, आभाष, मनोज लगायतले सदस्यमा रहेका छन् ।

यसैगरी आज दिउँसो ब्रहमपुरमा पञ्चलाल मधेशीको नेतृत्वमा वडा एकाइ तदर्थ समिति गठन गरिएको हो।समितिको उपाध्यक्षमा शिवनारायण मण्डल, कोषाध्यक्षमा अर्जुन अग्रवाल , सचिवमा संतोष कुमार मण्डल रहेका छन् ।त्यसै गरी बन्शिधर मण्डल, जिवछ कुमार मण्डललगायत ३१ सदस्य समिति गठन गरिएको छ ।

जनमत पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीका इन्चार्ज सुरेन्द्र मधेशीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा मनोज यादव, संजय यादव, कमल कुमार मण्डलसमेतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]