२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

विद्यार्थीलाई न्यानो कपडा वितरण

Logo
प्रकाशित शुक्रबार, पुष १८, २०७६

न्यूजमधेश समाचारदाता
मलगंवा ,१८ पुस। सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ३ का प्राथमिक बिद्यालय मोहनपुरका ८० जना छात्रछात्रालाई बिहीवार न्यानो कपडा बितरण गरिएको छ।

द बर्गर हाउस एण्ड क्रन्ची फ्राई चिकेनका संचालक वसन्त थोकर तामाबले बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेका हुन् ।

बिद्यालयद्वारा आयोजित एक कार्यक्रमका बिच संचालक तामाब र समाजसेवी युवा नेता संजिव मोक्तानले संयुक्त रुपमा ८० जना छात्रछात्रालाई ट्रयाकसुट बितरण गरे ।बिद्यार्थीलाई न्यानो कपडा बितरण गर्दै तामाबले जाडोबाट जोगाउन कपडा बितरण गरेको बताए ।

उनले न्यानो कपडा हस्तान्तरण गर्दै बिद्यार्थीलाई पढाइलेखाईमा ध्यान दिन आग्रह गरे । समाजसेवी मोक्तानले जाडोमा बिद्यार्थीलाई बिधालय जान कठिनाइ भएकोले न्यानो कपडाको ब्यबस्था मिलाईएको बताए । गरिव, बिपन्न बिद्यार्थीलाई न्यानो कपडाले ठूलो राहात पुग्ने हुदा सरकारले पनि सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

न्यानो कपडाकै कारण अतिबिपन्न परिवारका बिद्यार्थी बिधालय जानबाट बन्चित हुने गरेकोले सरकारी सहयोग आबश्यक रहेको मोक्तानको भनाई थियो । समाजसेवी मोक्तानको अग्रसरतामा द वर्गर हाउस एण्ड क्रन्ची फ्राई चिकेनले न्यानो कपडा उपलब्ध गराएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]