११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

विद्यार्थी जनमत संघ धनुषाको संयोजकमा यादव र पण्डित

Logo
प्रकाशित शनिबार, पुष १९, २०७६

मनोज मोरबैता
जनकपुरधाम,१९ पुस।जनमत पार्टीका जनवर्गीय संगठन अन्तर्गत विद्यार्थी जनमत संघ धनुषाको तदर्थ समिति गठन भएको छ।

शनिबार जनमत पार्टी धनुषाको कार्यलयमा अभिमन्यु प्रसाद महतोको अध्यक्षतामा ३५ सदस्यीय विद्यार्थी जनमत संघ धनुषाको तदर्थ समिति गठन गरिएको छ।

समितिको संयोजकमा विजय यादव र नवीन पण्डित रहेको छ। त्यसैगरी उपाध्यक्षमा ज्ञानेन्द्र कुमार दास , सचीवमा धिरज मण्डल ,सह सचीव संतोष मण्डल ,कोषाध्यक्षमा बिरेन्द्र कुमार यादव ,सह कोषाध्यक्षमा अर्जुन महतो चयन गरेको छ।त्यसतै मिडिया संयोजकको रूपमा सरोज कुमार यादव चयन भएको छ।

त्यसैगरी सदस्यमा रामप्रमोद मण्डल ,अनिष कुमार सिंह,कलिम साफी ,प्रदिम राम,सरोज रजक ,सुमित साह लगाइतका विद्यार्थी रहेको छ।

प्रमुख अतिथीको रुपमा आएको विद्यार्थी जनमत संघका केन्द्रिय संयोजक पोषन कुमार यादवले कार्यक्रमलाई सम्बोधन गर्दै भने मधेशको शिक्षा क्षेत्रमा आमूल परिवर्तन लाउनको लागि विद्यार्थी जनमत संघ गठन गरेको हो।उनले मधेसको स्कुल कलेजहरु अहिले व्यपारीहरुको अखाडा बनिसकेको छ।ती अखाडालाई सखाप पार्नको लागि संघर्षरत गरिरहेको बताए।

अतिथीमा जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज इन्द्रजित यादव र केन्द्रिय सदस्य अनिता साह ,वरिष्ठ नेतृत्व पुंजका सुमन बाबाको उपस्थितिमा विद्यार्थी जनमत संघ धनुषाको ३५ सदस्यीय तदर्थ समिति गठन भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]