२७ कार्तिक २०८२, बिहिबार
13-11-2025 , Thu
×

दुधाधारी माध्यमिक विद्यालयको व्यवस्थापन समिती गठन

Logo
प्रकाशित सोमबार, पुष २१, २०७६

न्यूजमधेश समाचारदाता
कपिलवस्तु ,२१ पुस।विजयनगर गाउँपालीका वडा नं.१ स्थित रहेको श्री दुधाधारी माध्यमिक विद्यालय व्यवस्थापन समिती पुर्नगठन गरिएको छ।

आज भएको अभिभावक भेलाले चार जना सदस्यमा महिला तर्फ प्रमिला पौडेल , गिता मिश्रा र पुरुष तर्फ राम प्रघट कोरी , राम जनम यादवलाई सर्वसहमतीले चयन गरेका हुन ।

छोटो समयमै गाउँपालिकामै नमुना विद्यालय बन्दै गएकोमा कार्यक्रमका प्रमुख अतिथी गोपाल बहादुर थापाले खुलेरै प्रसंशा गर्दै गाउँपालिका भित्रै उच्च शिक्षा सञ्चालनका लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो । अबको दुई वर्षभित्र गाउँपालिकामा राजमार्गसँग जोडीने हरेक बाटोहरु कालोपत्रे गर्ने लक्ष्य रहेको थापाले बताउनु भयो ।

त्यस्तै एक घर एक खानेपानी धारा सहित अगाडी बढेकोले पालीकाभित्र रहेका सम्पुर्ण जनताहरुले शुद्ध पिउने पानी पाउने छन् भनी गाउपालिकाको योजना रहेको बताउदै चिरइ खोलामा नौरङ्गीया घाटमा झुलुङगे पुल कार्य सञ्चालनमा रहेको र लोहरौला घाटमा झुलुङगे पुलको सिलन्यास गर्ने जानकारी गराउदै यसै वर्ष देखि बिसहवा खोला नेउलागञ्जमा पक्की पुल निर्माण कार्य थालिने समेत जानकारी दिनुभएको थियो ।

कार्यक्रमको सहजिकरण शिक्षा शाखा तर्फबाट शिवराज शुवेदीले गर्नुभएको थियो भने नवगठित समितीलाई गणेशपुर मावीका प्रधानाध्यापक श्याम प्रसाद चौधरी , २ नम्बर वडा अध्यक्ष नेपाल थारु ७ का दिनेश कुमार चौधरी , बुद्धीजिवी समाजसेवी डाक्टर जहिरुल हशन खाँ लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम विजयनगर गाउँपालीका वडा नम्बर १ का वडा अध्यक्ष ईन्नर थारुको अध्यक्षता , सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक पुर्ण बहादुर परियारले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]