२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

पर्साको नापी कार्यालयका सर्वेक्षक ७५ हजार घुससहित अख्तियारको फन्दामा

Logo
प्रकाशित सोमबार, पुष २१, २०७६

न्यूजमधेश समचारदाता
विरगंज,२१ पुस।पर्सा जिल्लाको नापी कार्यालयका कर्मचारी घुससहित पक्राउ परेका छन्।

सेवाग्राहीसँग ७५ हजार घुस रकम लिँदै गर्दा पर्साको नापी कार्यालय अन्तर्गत २ नम्बर नापी टोलीको कार्यालयका कर्मचारी रंगेहात पक्राउ परेका हुन्।

पक्राउ पर्ने कर्मचारी नापी कार्यालयको सर्वेक्षक रामनरेश पासवान रहेको अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका सूचना अधिकारी शिवराज रेग्मीले जानकारी दिएको छ।

‘सेवाग्राहीसँग जग्गा हाल साविक गरी पुनः नापीको जग्गाधनी प्रमाण पूर्जा बनाइदिने भन्दै ७५ हजार घुस लिँदै रहेछन्’, उनले भने।

सेवाग्राहीसँग घुस लिँदै गरेका सर्वेक्षक पासवानलाई थप अनुसन्धानका लागि अख्तियारको हेटौँडा कार्यालयमा पुर्‍याइसकेको टोलीमा आएका सदस्यले बताए।

पासवान पहिलेदेखि नै सेवाग्राहीसँग घुस रकम लिन पल्केको आफूहरुलाई सूचना प्राप्त भएको टोलीका सदस्यहरुको भनाइ छ ।

स्थायी घर महोत्तरी जिल्ला मोहत्तरी नगरपालिका-४ भएका ५३ वर्षीय पासवान नापी कार्यालय पर्सा अन्तर्गत २ नं. नापी टोलीको कार्यालयका अनुभवी कर्मचारी रहेको कार्यालयका अरु कर्मचारीले बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]