२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

विभिन्न मुद्दामा फरार रहेका १७ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, पुष २२, २०७६

न्यूजमधेश समाचारदाता
राजविराज ,२२ पुस ।सप्तरी प्रहरीले बिभिन्न मुद्दामा फरार रहेका १७ जनालाई एकै दिन नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयसहित बिभिन्न ठाउँबाट खटिएको प्रहरी टोलीले सोमबार उनीहरुलाई बिभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ज्यान मार्ने उद्योग मुद्दाका जिल्लाको खड्क नगरपालिका ४ बस्ने ५८ बर्षीय ईसराइल मियाँ, कुटपिट मुद्दाका बलान बिहुल गाउँपालिका ३ बस्ने ५४ बर्षीय जयराम साह, लुटपिट मुद्दामा बोदेबर्साईन नपा ९ बस्ने ४७ बर्षीय चन्देश्वर साह तेली, यही ठाउँका ५७ बर्षीय झौली मण्डललाई कुटपिट मुद्दामा पक्राउ गरिएको छ ।

बोदेबर्साईन नगरपालिका २ बस्ने ४७ बर्षीय महेन्द्र साहलाई कुटपिट मुद्दामा फरार भएपछि पक्राउ गरिएको छ भने सोही मुद्दामा सोही ठाउँका ३८ बर्षीय रामसुन्दर यादवलाई पनि नियन्त्रणमा लिइएको छ ।

ज्यान मार्ने उद्योगमा बोदेबर्साईन नगरपालिका १० बस्ने ५९ बर्षीय खगेन्द्र यादव, कुटपिट मुद्दाका सुरुङ्गा नगरपालिका ९ बस्ने ४० बर्षीय नरसिहं चौधरी, सोही मृुद्दामा खड्क नगरपालिका ९ बस्ने फागु मण्डल, जारी मुद्दामा यही नगरपालिका ६ की संगीता कुमारी चौधरी, यही मुद्दामा यही ठाउँका बद्री चौधरीलाई पक्राउ गरिएको डिएसपी तिलक भारतीले जानकारी दिए ।

इस्तै, लुटपाट मुद्दामा खड्क नगरपालिका ६ का नजबुद मियाँ, ठगी मुद्दामा सोही ठाउँका राजकुमार साहलाई पक्राउ गरिएको छ भने कुटपिट अंगभंग मुद्दाका फरार अभियुक्त राजगढ गाउँपालिका २ बस्ने बलवीर कुमार यादवलाई पनि पक्राउ गरिएको भारतीले बताए ।

अदालतमा मुद्दा फैसला भएपनि जरिवाना नतिरेका व्यक्तिका सदस्यलाई पनि पक्राउ गरिएको छ ।

लुटपिट मुद्दामा जरिवाना तोकिएका खड्क नपा ९ बस्ने महिनारायण चौधरीको हकमा भाई दिपनारायण चौधरी, लेनदेन मुद्दामा सोही ठाउँका मिश्रीलाल चौधरीको हकमा छोरा अरुण कुमार चौधरी र जालसाँझी मुद्दामा सोही ठाउँका सुखैर चौधरीको हकमा उनकी पत्नी सुकमारदेवी चौधरीलाई पक्राउ भारतीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]