२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

किसानले दूधमा प्रति लिटर २ रुपैयाँ अनुदान पाउने

Logo
प्रकाशित मंगलबार, पुष २२, २०७६

न्यूजमधेश समचारदाता
महोत्तरी,२२ पुस। प्रदेश २ सरकारले दूध उत्पादन गर्ने किसानलाई अनुदान दिने भएको छ । प्रति लिटर दूधमा २ रुपैयाँ अनुदान प्रदेश सरकारले दिने भएको हो ।

प्रदेशका भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सोमबार महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उक्त जानकारी गराएका हुन् । ‘किसानलाई प्रति लिटर दूधमा २ रुपैयाँ अनुदान दिन्छौं’ मन्त्री साहले भने, “यही पुस महिनादेखि दूध बिक्री गर्ने किसानलाई यो अनुदान दिइनेछ ।”

बजारमा दूध बेचे त्यसको रेकर्ड नरहने भएकाले त्यस्ता किसानले भने अनुदान पाउृने छैनन् । मन्त्री साहले दूध सहकारी संस्था, संकलन केन्द्र र डेरीमा दूध बेच्ने किसानको रेकर्ड रहने भएकाले यस्ता ठाउँमा दूध बेच्ने किसानले अनुदान पाउने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । […]

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]