२५ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
×

रघुनाथपुरमा बर्थिङ्ग सेन्टर भवनको समुदघाटन

Logo
प्रकाशित बुधबार, पुष २३, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,२३ पुस।गणतन्त्रका प्रणेता रामराजा प्रसाद सिंहको सम्झनामा धनुषाको रघुनाथपुरमा करिव ४५ लाखको लागतमा स्वास्थ्य चौकी तथा बर्थिङ्ग सेन्टर भवनको समुदघाटन गरिएको छ ।

सवैला नगरपालिकाको वडा नं. १२ रघुनाथपुरको उतिमपुर टोल स्थित करिव ३ कठ्ठा जमिनमा रहेको स्वास्थ्य चौकी प्राङ्गणमा प्रदेशसभा सदस्य डा. मनोज कुमार सिंहको संसदिय विकास कोषवाट ४५ लाखको लागतमा बर्थिङ्ग सेन्टरको दुइ तल्ले भवनको समुदघाटन गरिएको छ । प्रदेशसभा सदस्य डा. सिंह गणतन्त्रवादी नेता स्व. सिंहका जेष्ठ सुपुत्र हुन ।

रघुनाथपुरमा आयोजित भवन समुदघाटन समारोहका प्रमुख अतिथि प्रदेशसभा सदस्य किशोरी साह कमल, विशिष्ठ अतिथि प्रदेशसभा सदस्य डा. मनोज कुमार सिंह र सवैला नगरपालिकाका प्रमुख विजय शंकर साहले सामुहिक रुपमा भवनको समुदघाटन गरेका छन् ।

वडा अध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष प्रदिप महतोको अध्यक्षतामा भएको सो समारोहमा स्वास्थ्य चौकीका लागि जग्गा दान गर्ने जग्गा दाता स्थानिय दिपशरण यादव, युवा अभियन्ता बिनोद कुमार धामी सहित अतिथिहरुलाई समेत सम्मान गरिएको छ । भवन समुदघाटन संगै स्थानियले गाँउमै स्वास्थ्य र प्रसुती सेवा पाउने भएपछि खुसी भएका छन् । समारोहमा स्थानियवासीहरुको उल्लेख्य सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]