२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

एन आई सी एशिया बैंकले ल्यायो न्यु सुपर चमत्कारिक योजना

Logo
प्रकाशित बुधबार, पुष २३, २०७६

मनोज बनैता, लहान, २३ पुस । लाहान नगरको अधिकतम सेवाग्राहीको मन जित्न सफल एन आई सी एसिया बैंक ले सेवाग्राहीको चाहनाको कदर गर्दै पुनः नयाँ योजना ल्याएको छ । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि ” भन्ने मुल नारा को साथ बैंकले न्यु सुपर चम्तकारिक योजना ल्याईएको छ । नयाँ बर्ष सन् २०२० को उपलक्ष्यमा ग्राहकहरुलाई प्रत्यक्ष फाईदा पुग्ने गरि सो योजनाहरु ल्याईएको प्रादेशिक कार्यालय लहानका प्रमुख जितेन्द्र कुमार साहले जानकारी दिनुभयो ।

सिरहको लहानमा एन आई सि एशिया बैंक ले गरेको पत्रकार सम्मेलन प्रमुख साहले भने, ‘चमत्कारिक फाईदाहरु समेटी उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर सुविधा लगायतका ३० चमत्कारिक फाइदाहरु सहित बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको छ ।

यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकले २१ लाखसम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख सम्मको बीमा सुविधा, १८ घातक रोगहरुको लागि १० लाख सम्मको बीमा सुविधा र १ लाखसम्मको औषधी उपचार बीमा सुविधा सहितका योजनाहरु समेत लयाईएको जानकारी दिए । औषधी उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहकका लागि अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग उपचारमा २० हजारसम्म र अस्पताल भर्ना वापत ८० हजारसम्मको बीमा सुविधा प्रदान गर्ने जनाईएको छ । बैंकले सुपर चमत्कारिक बचत खातामा २ लाखभन्दा बढि रकम भएमा, उक्त बढी रकमलाई १० हजारले गुणन गर्ने गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्नेछ र सो रकममा ९.७५५ सम्मको ब्याजदर प्रदान गर्नेछ । यस बैंकको प्रदेश नम्बर २ मा प्रादेशिक कार्यालय महोत्तरीको बर्दिवास , सिरहाको लहान , धनुषाको जनकपुर , सर्लाहीको हरिवन , रौतहटको चन्द्रनिगाहपुर , पर्सा जिल्लाको बिरगंजमा ५ वटा उप– प्रादेशिक कार्यालय रहेको बैंकले जनाएको छ । सिरहा जिल्लामा सिरहा ,मिर्चाैया , गोलबजार गरी ६ वटा शाखा रहेको छ भने शाखा रहित बैंक सितापुर, जिरोमाईल , भोक्राहा गरी ३ वटा रहेको छ । चमत्कारिक योजनाको प्रत्यक्ष फाईदा लिन बैंकले आम ग्राहक बर्गलाई फाईदा लिन आग्रह गरेको छ । ग्राहक बर्गलाई कुनै जिज्ञासा भएमा बैंकका कर्मचारीहरु जिज्ञासा सामाधान गर्न सदैब प्रतिबद्ध रहने प्रमुख साहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताए । ‘अध्यक्ष यो सरकारको स्थायित्वको […]

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्। स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्। राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, […]

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]