२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

४ लाख नेपाली नक्कली नोटसहित ४ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष २४, २०७६

न्यूजमधेश समाचारदाता
काठमाडौं,२४ पुस ।प्रहरीले ४ लाख १३ हजार नक्कली नेपाली नोटसहित चार जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली नोट बनाउने मेसिनसहित चार जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार नक्कली नेपाली नोटसहित गोंगबुबाट कोवीराम बुढाथोकी, काभ्रे पाँचखालका बलबहादुर राना मगर, डोटी पूर्वीचौकी ३ का आर्यन खड्का, धनकुटा छत्र जोरपटी ३ का छत्रबहादुर लिम्बू रहेका छन्। विशेष सूचनाको आधारमा बुधबार चार जनालाई पक्राउ गरेको सीआईबीले जनाएको छ।

पक्राउ परेका चार जनाको साथबाट नेपाल राष्ट्र बैंक लेखिएको छ ७० ९६१९७४ नम्बरको १ हजार दरको १०७ थान, च ८३ ५५३९६६ नम्बरको १ हजार दरको १०५ थान, ज१८ ०७८६७० नम्बरको १ हजार दरको ४५ थान, ग४३ ६६३१७६ नम्बरको १ हजार दरको ९७ थान, ग९७ ०५९६०८ नम्बरको १ हजार दरको ५९ थान गरी कुल १ हजार दरका ४ सय १३ थान नक्कली नोट बरामद गरिएको प्रहरी बताएको छ ।

मुलुकी अपराध संहिता, २०७४, परिच्छेद (२२), मुद्रा सम्बन्धी कसुरको दफा २५६ विपरीत कसुर भएको हुँदा कसुर गर्ने वा गराउने व्यक्तिलाई मुद्राको परिमाण र मूल्य विचार गरी पाँच वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाखसम्म जरिवाना हुने प्रावधान छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]