२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

पत्रकारद्वारा कुटिएका घाइतेलाई भेटे मेयर साह

Logo
प्रकाशित शुक्रबार, पुष २५, २०७६

न्यूजमधेश समाचारदाता

जनकपुरधाम ,२५ पुस। जनकपुरधाम उपमहानगरका मेयर लालकिशोर साह मंगलदिन भएको कुटपिट घटनामा घाईते वडा सदस्य र महिलाहरुलाई भेटेका छन् ।

प्रादेश अस्पताल जनकपुरमा विगत तीन दिनदेखि भर्ना रहेकी घाईते महिलाहरुलाई मेयर साह विहिवार दिउँसो अस्पताल पुगेर भेटघाट गरे । पीडित महिलाहरुले कुटपिट गर्ने पत्रकारहरुलाई कारबाही गर्न माग गरे । मेयर साहसँग पीडित महिलाहरुले भनेकी छन्, ‘गुण्डाको शैलीमा आएर आफूहरुलाई कुटपिट गरेकाले कडा कारबाही हुनुपर्छ ।’

मेयर साहले कुटपिट गर्नेहरुलाई कारबाहीका लागि कदम चाल्ने बताएका थिए । घाईते महिलाहरुको टाउँकोमा चोट लागेको छ । एक महिलाको नाकको हड्डी भाँचेको चिकित्सकले जनाएको छ । मेयर साह भेट्न अस्पताल पुग्दा घाईतेहरुको अनुहार मलिन देखिएको थियो ।

यता, जनकपुरधाम उपमहानगरपालिका कर्मचारी इकाई एशोसिएसन समितिले आन्दोलनको घोषणा गरेको छ । आज पुस २५ गते (शुक्रवार) विहान १० बजेदेखि दिउँसो १ बजेसम्म कालोपट्टी बाँधी पेनडाउन गर्ने निर्णय समितिले गरेको हो । पेनडानबाट नगरबासीमा पर्ने असुविधाका लागि समिति क्षमा समेत मागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल(जसपा) फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्। साथै उनीहरुसँग २९ […]

काठमाडौं । संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताए । ‘अध्यक्ष यो सरकारको स्थायित्वको […]

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्। स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्। राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, […]