२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

पत्रकारद्वारा कुटिएका घाइतेलाई भेटे मेयर साह

Logo
प्रकाशित शुक्रबार, पुष २५, २०७६

न्यूजमधेश समाचारदाता

जनकपुरधाम ,२५ पुस। जनकपुरधाम उपमहानगरका मेयर लालकिशोर साह मंगलदिन भएको कुटपिट घटनामा घाईते वडा सदस्य र महिलाहरुलाई भेटेका छन् ।

प्रादेश अस्पताल जनकपुरमा विगत तीन दिनदेखि भर्ना रहेकी घाईते महिलाहरुलाई मेयर साह विहिवार दिउँसो अस्पताल पुगेर भेटघाट गरे । पीडित महिलाहरुले कुटपिट गर्ने पत्रकारहरुलाई कारबाही गर्न माग गरे । मेयर साहसँग पीडित महिलाहरुले भनेकी छन्, ‘गुण्डाको शैलीमा आएर आफूहरुलाई कुटपिट गरेकाले कडा कारबाही हुनुपर्छ ।’

मेयर साहले कुटपिट गर्नेहरुलाई कारबाहीका लागि कदम चाल्ने बताएका थिए । घाईते महिलाहरुको टाउँकोमा चोट लागेको छ । एक महिलाको नाकको हड्डी भाँचेको चिकित्सकले जनाएको छ । मेयर साह भेट्न अस्पताल पुग्दा घाईतेहरुको अनुहार मलिन देखिएको थियो ।

यता, जनकपुरधाम उपमहानगरपालिका कर्मचारी इकाई एशोसिएसन समितिले आन्दोलनको घोषणा गरेको छ । आज पुस २५ गते (शुक्रवार) विहान १० बजेदेखि दिउँसो १ बजेसम्म कालोपट्टी बाँधी पेनडाउन गर्ने निर्णय समितिले गरेको हो । पेनडानबाट नगरबासीमा पर्ने असुविधाका लागि समिति क्षमा समेत मागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]