२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

बिरगंज उद्योग बाणिज्य सघको ४४ औं बार्षिक साधारणसभा सम्पन्न

Logo
प्रकाशित शुक्रबार, पुष २५, २०७६

अजित भुजेल
बिरगंज ,२५ पुस।बिरगंज उद्योग बाणिज्य संघको ४४ औं बार्षिक साधारणसभा बिरगंजको होटल भिस्वामा शुक्रबार सम्पन्न भएको छ।

बिरगंज उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल केडियाको अध्यक्षतामा तथा माननीय अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्य भएको सो साधारणसभामा बिशिस्ट अतिथिमा उद्योग बाणिज्य महासघका उपाध्यक्ष किशोर प्रधान , पर्सा क्षेत्र न.१ का सान्सद माननीय प्रदीप यादव ,प्रदेश सभा सदस्य तथा बिरगंज उद्योग बाणिज्य सघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा , बिरगंज महानगर पालिकाका मेयर बिजय सरावगीको उपस्थित रहेको थियो।

त्यसैगरी बिरगंज उद्योग बाणिज्य सघका पुर्व अध्यक्ष अशोक टेवानी , गणेश लाठ , अशोक कुमार बैध , नेपाल पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष दिपेन्द्र चौहान , नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जरा , प्रेस संगठन नेपाल पर्साका संयोजक निरज पिठाकोटे मगर , बिरगंज महानगरपालिकाका उपमेयर सुश्री शान्ति कार्की , पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेत , सुरक्षा निकायका प्रमुखहरु , व्यवसायीहरु , व्यापारीहरु , विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु , सन्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम सन्चालन बिरगंज उद्योग बाणिज्य सघका महासचिव माधवराज पालले गर्नु भएको थियो । बिरगंज उद्योग बाणिज्य सघले विभिन्न कार्यमा योगदान पुर्याउनु हुनेहरुलाई सम्मान गरिएको थियो ।सन्चारक्षेत्रमा योगदान दिनु हुने कारोबार दैनिकका निरज पिठाकोटे मगर , वातावरण सम्बन्धमा काम गर्ने जसपाल सिंह , उद्योगमा निर्यात तर्फ डाबर नेपाल प्रा.लि,अन्नपुर्ण भेजिटेबल प्रा.लि. र शिवशक्ति घ्यु उद्योग ,आयत तर्फबाट त्रिवेणि स्पिनिङ्ग प्रा.लि.शिवशक्ति दाल उद्योग र नारायणी लेदर मेनिफेक्चेरिङ्गलाई कदरपत्रले सम्मान गरिएको थियो ।

त्यसै गरि पर्सा जिल्लाबाट खेलकुदमा तेक्वान्दो तर्फबाट देबि खड्का , पुनम श्रेष्ठ , जुडोबाट बिकास थापा, कुस्तीमा सरोज यादव , नरेश यादव , रामराज यादव र सुनिल साह , साफमा तेक्वान्दो तर्फबाट निश्चलमान श्रेष्ठ , क्रिकेटमा आरिफ शेख , रसिफ खान लाई पनि कदरपत्रले सम्मानित गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]