२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

सरोकारबलाको पहलमा सुकुम्वासी वस्ती जोगिए,जनप्रतिनिधि नै विश्वासघात गर्यो

Logo
प्रकाशित आइतबार, पुष २७, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,२७ पुस।धनुषाको विदेह नगरपालिका वडा नं.१ ठाडीझिजाको सुकुम्वासी बस्ती शनिबार बिहानदेखि क्रासमा थिए । कोही घरमाथि डोजर चल्ने डरले चिन्तित थिए त कोही घर भत्किएपछि कहाँ वस्ने ? चिन्तामा । बृद्ध, बृद्धाहरु भन्ने यसपालिको जाडोमा कठिङ्गरीएर मर्ने चिन्तामा थिए भने सुत्केरी महिलाहरु गर्भको बच्चालाई कसरी जोगाउने भन्दै उपाय नपाएर चिन्तामा थिइन् ।

उनीहरु सबैको अनुहारमा सहजै देखिएका पीडा थियो राज्य पक्षले डोजर चलाएर भत्काउन थालेको घर । सरकारले घर भत्काएपछि कहा बस्ने ? घर भत्किएपछि बालबालिका र बृद्ध, बृद्धाको के हुन्छ ? लगायत विभिन्न प्रकारको प्रश्न उनीहरुले मनमा खेलाइरहेका थिए । मानिसहरु समुह समुहमा बसर आफ्ना पीडा सम्झिरहेका थिए ।

यो दृष्य हो, करिव १६ सुकुम्वासी परिवारको बस्ती जिल्ला अदालत धुनुषाले शनिबार विहान खालि गराउन पुगेका बेलाको । अदालतको टोली प्रहरी प्रशासनसहित डोजर लिएर बस्तीमा पगेपछि पुरा गाउँमा सन्टा छाएको थियो । चिन्ता र त्रासले मानिसहरु राम्ररी बोल्न सकिरहेका थिएनन् । कोही फोन गरेर आफ्न्तलाई आफ्नो पीडा सुनाउँदै थिए त कोही नेतालाई गुहार्दै थिए ।

मानव अधिकारकर्मी र पालिकाका मेयर बेचन दास वस्ती पुगेपछि सबै जना हतारहतारमा आफ्ना आफ्ना पीडा सुनाउन थाले । अधिकारकर्मी र मेयरले अदालत आफ्नो अधिनमा नरहेपनि तत्काल घर नभत्काउने आश्वासन दिए । आश्वासन मात्रै पाएकाले जनता अझै चिन्तामुक्त हुन सकेका थिएनन् । त्यसले त अधिकारकर्मी र मेयरकै पछिपछि पीडितहरु पनि नजिकै रहेको ठाडीझिजा चौकी पुगे । चौकीमा अदालतका प्रतिनीधि, प्रशरीसंग मेयर बेचन दास र राष्ट्रि मानव अधिकार आयोगका क्षेत्रिय संयोजक बिरबहादुर मगर, अनौपचारिक सेवा केन्द्र (इन्सेक) प्रदेश संयोजक राजु पासमानले तत्काल घर नभत्काउन आग्रह गरे ।

अदालतका प्रतिनिधिले पटक–पटक दाली गर्न सुचना पठाएकाले घर भत्काउन नरोकिने जिकर गर्दै थिए । आँफूहरुलाई पनि फैसला भएको मुद्दा कार्यनव्यन गराउने आदेश रहेको ठहर गरिरहेका थिए । वस्ती बचाउन अनेकन उपाय खोजिरहेका सरोकारबलाले भने ६ महिनाको लागि तत्काल वस्ती नउजाडन आग्रह गरे । अदालतका प्रतिनीधिले भने यसपटक उनीहरुको कुरा अस्वीकार गर्न सकेनन्,अनी हुन्छ भन्दै जवाफ फर्काए । वस्तीका मानिसहरुमा खुशीले गदगद भए । पुषको चिसोमा भत्किन थालेको घर रोकिएपछि उनीहरु मिठो मुस्कानसहित सबैलाई धन्यवाद दिँदै घर फर्किए ।

जनप्रतिनिधि नै विश्वासघात ग¥यो

दुई दशकपछि २०७४ सालमा भएको स्थानीय चुनाबमा रामबृक्ष ठाकुर वडाध्यक्षको उम्मेदवार बनेर सुकुम्वासी वस्ती छिरे । चुनाव जितेपछि हातहातमा लालपुर्जा दिलाउने र मुद्दा फिर्ता लिँने वाचा गरे । जिवन भर बासको चिन्ता बोकेका मानिसहरु सजिलै रामवृक्ष ठाकुरलाई पत्याए । र, चुनाव पनि जिताए । अनी विदेह नगरपालिका वाड नम्बर १ का अध्यक्ष पदमा उनी आसिन भए ।

बस्ती खाली गर्नका लागि जिल्ला अदातलमा मुद्दा दर्ता गर्ने रामसागर ठाकुरका रामवृक्ष ठाकुरका आफ्नै भाइ हुन् । त्यही रामवृक्ष जो चुनावका बेला वस्तीका सयौं मानिससंग मुद्दा फिर्ता लिने र लालपुर्जा लिाउने प्रतिवद्धता गरेका थिए । तर, तत्कालीन एमालेबाट निर्वाचित वडाध्यक्ष ठाकुरले चुनाव जितेपछि मुद्दालाई झन बढबा दिन थाले । र, मुद्दा दर्ता गर्न भाइलाई प्रोत्साहन गर्न थाले ।

स्थानयिका अनुसार वडाध्यक्षका भाई रामसागरठाकुर एलानी जग्गा र सामुहिक सडकमा घर बनाउन थालेपछि स्थानीयले बिरोध गरेका थिए । वडाध्यक्षका भाइ रामसागरले स्थानीयले वरोध गरेको न्युमा अदालतमा मुद्दा दर्ता गराएका थिए । २०७५ जेठ जिल्ला अदालत धनुषाले मुद्दा फैसला गरी वस्ती खाली गर्न आदेश दियो । त्यस यता पटक–पटक वस्ती खाली गर्न पत्राचार पनि गरिएको अदालतका प्रतिनिधि ठिठा रुपेश साहले बताए । सोनफी ठाकुरका छोरा रामसागर ठाकुर वादी रहेको मुद्दामा १६ जनालाई प्रतिवादी बजनइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]