२० बैशाख २०८२, आइतबार
04-05-2025 , Sun
×

सप्तरीका तीन जना पत्रकार पुरस्कृत

Logo
प्रकाशित आइतबार, पुष २७, २०७६

न्यूजमधेश समाचारदाता
राजविराज,२७ पुस । पत्रकार लोकेन्द्र बूढाथोकीको स्मरणमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीले शनिबार राजविराजमा कार्यक्रमको आयोजना गरेको छ । यो शाखाले प्रत्येक बर्ष लोकेन्द्र स्मृति दिवस मनाउँदै आएको छ ।

शनिबार आयोजना गरिएको लोकेन्द्र स्मृति कार्यक्रममा तीन जनालाई पुरस्कृत गरिएको छ । एक जनालाई लाकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट तथा बाँकी अन्य दुई जना पत्रकारलाई अन्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार जनता टेलिभिजनका विद्यानन्द रामले पाएका छन् । लोकेन्द्र स्मृति पत्रकारीता पुरस्कार कोषका संस्थापक सदस्य समेत रहेका राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल र महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड गाले रामलाई संयुक्त रुपमा नगद,दोसल्ला तथा प्रमाण पत्र प्रदान गरे । सो पुरस्कारको राशी भने ५ हजार ५ रुपैयाँ रहेको छ ।

सोही कार्यक्रममा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराईले आफ्ना स्वर्गीय मातापिताको नाममा स्थापना गरेको।लक्ष्मीमुक्ती स्मृति पत्रकारीता’ बाट पत्रकार व्यास शंकर उपाध्याय तथा वातावरण दैनिकका सम्पादक वैद्यनाथ झाले स्थापना गरेको उमासिंह स्मृति पत्रकारीता पुरस्कारबाट दिनानाथ यादव पुरस्कृत भएका छन् ।पत्रकार उपाध्याय काठमाडौंबाट प्रकाशित दहिमालयन टाइम्स’ पत्रिकामा सप्तरी सम्वाददाताका रुपमा कार्यरत रहेका छन् भने यादव रेडियो नेपालको जिल्ला सम्वाददाता हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]