२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

पत्रकार सिंहको नाउँमा ५ लाखको अक्षय कोषको स्थापना गर्ने मेयर साहको घोषणा

Logo
प्रकाशित सोमबार, पुष २८, २०७६

न्यूजमधेश समचारदाता
जनकपुरधाम,२८ पुस । जनकपुरधामकी प्रथम सहीद महिला पत्रकार उमा सिंहको नाममा जनकपुरधाम उपमहानगरका लालकिशोर साहले पाँच लाखको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् ।

भ्रमण वर्षलाई सघाउन आइतबार भिजिट मधेसद्वारा आयोजित तराई मधेस पर्यटन प्रवद्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख साहले शहीद पत्रकार सिंहको नाममा पाँच लाखको अक्षय कोषको घोषणा गरेका हुन् ।

नगर प्रमुख साहले पत्रकार उमालाई कर्मवीर योद्धा’ रहेको उल्लेख गर्दै पत्रकारिता क्षेत्रमा न्याय र समानताका लागि स्वतन्त्र तथा निष्पक्ष रुपमा सबैलाई कलम चलाउन सुझाए । आउदो वर्षदेखि विभिन्न संस्थामा आबद्ध पत्रकारलाई न्याय र समानताका लागि कलम चलाए वापत सम्मानित गर्ने प्रतिबद्धता जनाए ।

स्वतन्त्र र निष्पक्ष पत्रकारिता गर्दै गरेको उल्लेख गर्दै उमा सिंहले वीरताको रुपमा धरती त्यागेको मेयर साहले सम्झे । जनकपुर टुडे मिडिया हाउसमा कार्यरत सिंह समाचार वाचन गरी साँझ डेरामा पुगेपछि दश वर्ष अगाडी हत्या भएको थियो । प्रहरीको अनुसन्धान पश्चात उनको आफ्नै भाउजु ललिता सिंहले अपराधिक समूहबाट हत्या गराएकी थिइन् ।

उनी हत्यामा दोषी ठहर भई सजाय भुक्तानी गरी बाहिरि सकेका छन् ।महासंघले मनाए श्रद्धाञ्जली दश वर्ष अगाडी पुस २७ गते हत्या गरिएका सहिद पत्रकार उमा सिंहको ११ औँ स्मृति दिवस मनाइएको छ ।

आइतबार पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ धनुषा शाखाले सहिद पत्रकार सिंहको स्मृति दिवस मनाएका छन् । रेडियो टूडेमा कार्यरत पत्रकार सिंहको २०६५ पुस २७ गते जनकपुर–१४ रजौलस्थित डेरामा हतियार प्रहारगरी निर्ममतापूर्वक हत्या गरेका थिए ।कार्यक्रममा पत्रकारहरुसंग हुने गरेको अन्यायका लागि एकजुट हुनु पर्ने बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्व अध्यक्ष एवं प्रदेशसभा सदस्य रामअशिष यादव, पार्षद् विएम खनाल, पूर्व अध्यक्ष उमेश साह,माधव आचार्य, नेपाल पत्रकार महासंघ प्रदेश २ का सल्लाहकार विरेन्द्र रमण, प्रेस संगठन नेपाल धनुषाका संयोजक शैलेन्द्र महतो लगायतको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]