१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

यादवको समर्थनमा हजारों जनता सडकमा

Logo
प्रकाशित सोमबार, पुष २८, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,२८ पुस।गत पुस २३ गते बुधवार जिल्ला प्रहरी कार्यालय सर्लाही द्वारा पक्राउ गरिएको सर्लाहीका रामबाबु राय यादवको समर्थनमा रिहाइको मांग गर्दै पौष २७ गते आइतवार हजारोंको संख्यामा उंहाको शुभचिन्तक, नागरिक समाज र सर्वसधाहरण बरहथवामा प्रदर्शन गरेका छन् ।

बरहथवा नगरपालिका लगायत आसपासका १०-१२ गाउँका हजारोंको संख्यामा सर्वसाधाहरण आ-आफ्नो गाउँको नाम बैनरमा राखी प्रदर्शनमा उपस्थित भएका थिए । विपक्षीहरुले आफ्नो नेता रामबाबुको लोकप्रियता बाट भयभित भएर उनका राजनीतिक चरित्र हत्या गर्ने उद्देश्यको साथ रामबाबु यादवलाई ठुलो षड्यन्त्र रचेर फसांएको आरोप प्रदर्शनमा सहभागीहरुले बताए ।

रामबाबुको भाई लालबाबुले उनका दाजु लेनदेन धेरै पहिला देखि गर्दै आएको तर कसैसंग बेइमानी नगरेको बताए । “बैंकले धनी र व्यापारीलाई मात्र चिन्ह छ, गरिवलाई चाहिएको बेला पैसा ऋण दिने गाउँका साहुहरू नै हुन्, मेरो दाजुसंग ऋण लिएर कयौंजना विदेशी रोजगारमा गएका छन्, केहि नहुनेले दाजु कै पैसा लिएर बरहथवामा व्यापार बढाएका छन्, विरामी वा कुनै इमर्जेन्सी परेको बेला आधी रातमा पनि दाजुले मद्दत गरेको कयौं उधाहरण छन्, ऋण लिने बेलामा खुट्टा-हात समात्ने तर तिर्नेबेला केहिजनको नियत बिग्रेको कारण र त्यस्ताहरु लाई केहि विपक्षी राजनीतिकर्मीले आफ्नो प्रभावमा पारी दाजुको राजनीतिक चरित्र हत्या गर्न विरोधमा खडा गरेको” गुनासो लालबाबुको थियो ।

कोणसभामा सम्बोधन गर्दै शिक्षक राम कैलाश यादवले रामबाबुको परिवार कै कारण सीतापुरमा स्थित विधालय जिल्लाको नमुना विधालय बन्न सफल भएको बताए । उक्त विधालयलाई रामबाबुको परिवारले दश कठ्ठा जग्गा र आर्थिक दान गरेका थिए जसको आजको दिन मुल्यांकन करिव दश करोड़ भन्दा पनि बढी रहेको छ । रामबाबु यादव अध्यक्ष रहेको बेला उक्त विधालय सबैभन्दा बढी विकास गरेको भनाई राम कैलाशको थियो ।

रामबाबु यादवको श्रीमती उर्मिला यादवले श्रीमानलाई प्रहरीले झुठो मुद्दामा फंसाएको आरोप लगाए । यदि मेरो श्रीमानले कसैसंग बेइमानी गरेको वा कसैलाई ठगेको छ भन्ने त्यसको अनुसंधान हुनुपर्छ र हामी अनुसंधानमा पूर्ण सहयोग गर्नेछौं तर अदालतको फैसला अगाडी नै केहि मेडियामा मेरो श्रीमानको चरित्र हत्या गर्ने खालका समाचार पढेर हामी सम्पूर्ण परिवार स्तम्भ र दुखी रहेका भनाई श्रीमती उर्मिलाको रहेको छ ।

राजनीतिक चरित्र हत्या गर्न पाइंदैन, बिना शर्त रिहाइ गर, गरिवको सहारा र हाम्रो नेता रामबाबु यादवको तुरन्त रिहाइ गर, शिक्षाप्रेमी रामबाबु यादव माथि झुठो मुद्दा लगाउन पाइंदैन आदि नाराहरु प्लेकार्डमा लेखि वृद्ध, महिला, युवा, नागरिक समाज, व्यापारी, प्रबुद्ध वर्ग, विभिन्न पार्टीक नेता-कार्यकर्ता आदि प्रदर्शनमा उपस्थित थिए ।

रामबाबु यादव राजपाका केन्द्रिय सदस्य पनि हुन् । तुरन्त रामबाबुलाई निशर्त रिहाइ नगरिए हामी डेलिगेसन लिएर काठमाडौँ पनि पुग्छौं र यसको असर राष्ट्रियसभा चुनावमा पर्न सक्ने राजपाका एकजना जिल्ला नेताले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]