१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

कान्तिपुर टिभीका जनकपुर रिपोर्टर मिश्रलाई फासीको मांग गर्दै प्रदर्शन

Logo
प्रकाशित सोमबार, पुष २८, २०७६

मनोज मोरबैता
जनकपुरधाम, २८पुस ।जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत महिला जनप्रनिधि र कर्मचारीहरुमाथि कुटपिट गर्ने कान्तिपुर टिभीका जनकपुर रिपोर्टर अनिल मिश्रलाई फासीको मांग गर्दै प्रदर्शन गरिएको छ । मिश्रा पत्रकारीताको आडमा अमर्यादित गतिबिधी तथा कमिशन पत्रकारीता गर्ने गरेको भन्दै उनको चौतर्फी आलोचना हुदैछ ।

जनकपुरको गोपाल धर्मशालाबाट महिला संघर्ष समितिको आयोजनामा महिला कर्मचारीहरुले निकालेको जुलुस विभिन्न ठाउँको परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएकी हुन् । उनीहरुले प्रदर्शनका क्रममा गुण्डा पत्रकार अनिल मिश्र मुर्दावाद, महिलाहरुमाथि दुव्र्यवहार र कुटपिट गर्ने पत्रकारहरुलाई कारबाही गर, पत्रकारिताको नाममा गुण्डागर्दी बन्द गर जस्ता नारा लगाएकी थिइन् ।

प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेललाई उनीहरुले ज्ञापनपत्र वुझाउदै महिलाहरुमाथि कुटपिट र दुव्र्यवहार गर्ने पत्रकारहरुलाई ५ दिनभित्र कानुनी कारवाही गर्न माग गरेकी छन् । उनीहरुले कारबाही प्रक्रिया ५ दिनभित्र अगाडी नबढाए आन्दोलन गर्ने चेतावनी समेत दिएकी छन् ।

महिला संघर्ष समितिका अध्यक्ष उर्मिला देवी मण्डलद्धारा हस्ताक्षरित जारी विज्ञप्तीमा उपमहानगरपालिकालाई नमुना शहर वनाउनबाट रोक्न कान्तिपुर टिभीका पत्रकार अमरकान्त ठाकुर, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र लगायतमाथि कारबाही गर्न मात्र गरिएको छ ।

चार दिनअगाडी प्रतिक्रिया लिन विना अनुमती कार्यकक्षमा प्रवेश गरी पत्रकारहरुले मेयर लालकिशोर साहलाई दुव्र्यवहार गरेका थिए । साथै उनीहरुले महिला जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीहरुलाई समेत कुटपिट गरेको महानगरका कर्मचारीहरुले आरोप लगाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

काठमाडौँ । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल-फित्र (इद)मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । […]