१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

कान्तिपुर टिभीका जनकपुर रिपोर्टर मिश्रलाई फासीको मांग गर्दै प्रदर्शन

Logo
प्रकाशित सोमबार, पुष २८, २०७६

मनोज मोरबैता
जनकपुरधाम, २८पुस ।जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत महिला जनप्रनिधि र कर्मचारीहरुमाथि कुटपिट गर्ने कान्तिपुर टिभीका जनकपुर रिपोर्टर अनिल मिश्रलाई फासीको मांग गर्दै प्रदर्शन गरिएको छ । मिश्रा पत्रकारीताको आडमा अमर्यादित गतिबिधी तथा कमिशन पत्रकारीता गर्ने गरेको भन्दै उनको चौतर्फी आलोचना हुदैछ ।

जनकपुरको गोपाल धर्मशालाबाट महिला संघर्ष समितिको आयोजनामा महिला कर्मचारीहरुले निकालेको जुलुस विभिन्न ठाउँको परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएकी हुन् । उनीहरुले प्रदर्शनका क्रममा गुण्डा पत्रकार अनिल मिश्र मुर्दावाद, महिलाहरुमाथि दुव्र्यवहार र कुटपिट गर्ने पत्रकारहरुलाई कारबाही गर, पत्रकारिताको नाममा गुण्डागर्दी बन्द गर जस्ता नारा लगाएकी थिइन् ।

प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेललाई उनीहरुले ज्ञापनपत्र वुझाउदै महिलाहरुमाथि कुटपिट र दुव्र्यवहार गर्ने पत्रकारहरुलाई ५ दिनभित्र कानुनी कारवाही गर्न माग गरेकी छन् । उनीहरुले कारबाही प्रक्रिया ५ दिनभित्र अगाडी नबढाए आन्दोलन गर्ने चेतावनी समेत दिएकी छन् ।

महिला संघर्ष समितिका अध्यक्ष उर्मिला देवी मण्डलद्धारा हस्ताक्षरित जारी विज्ञप्तीमा उपमहानगरपालिकालाई नमुना शहर वनाउनबाट रोक्न कान्तिपुर टिभीका पत्रकार अमरकान्त ठाकुर, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र लगायतमाथि कारबाही गर्न मात्र गरिएको छ ।

चार दिनअगाडी प्रतिक्रिया लिन विना अनुमती कार्यकक्षमा प्रवेश गरी पत्रकारहरुले मेयर लालकिशोर साहलाई दुव्र्यवहार गरेका थिए । साथै उनीहरुले महिला जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीहरुलाई समेत कुटपिट गरेको महानगरका कर्मचारीहरुले आरोप लगाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]