२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

थारु समुदायले माघी( खिचडि )तथा थारु सम्बत २६४४ धुमधामका साथ मनाउने

Logo
प्रकाशित सोमबार, पुष २८, २०७६

अजित भुजेल
बिरगंज ,२८ पुस।थारु समुदायको नया बर्ष थारु सम्बत २६४४ औं तथा (खिचडि ) माघि पर्व विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने भएको छ ।

माघी मुल समारोह समिती पर्साको आयोजनामा सोमबार नेपाल पत्रकार महासघ पर्साको सभाहलमा पत्रकार सम्मेलन गरि कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।माघी मुल समारोह समिति पर्साका संयोजक बिजया औझैयाको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा यहि माघ १ गते बुधबारका दिन बिहान ११:०० बजे प्रभातफेरि घन्टाघर देखि थारु सास्कुतिक झलक सहित स्मिमिङ्गपुल पुगि १२:३० बजेदेखि थारु सास्कुती झलक घाटो , सामाचकेवा , झम्टा , थारु नाच त्यसै गरि थारु बिशेष परिकारहरु जस्तै-घोङ्गी , कैकरा, माछा , परेवा , हास , कुखुरा , चिचर , लाई , तिल आदि रहने , थरुहट मधेस आन्दोलनमा घाइते तथा आम समुदायका जिवन रक्षा गर्ने उदेश्यले रक्तदान कार्यक्रम गर्ने र यस कार्यक्रम सफल बनाउन र उपस्थित हुन समेत आग्रह गरेका थिए ।

माघ १ गते आदिवासी थारु समुदायको माघी ( खिचडी) पर्व र थारु समुदायको नया बर्ष सुरु भएको दिन भएकोले यस दिन सुभ कामना आदान प्रदान , भाया तथा सस्कुतिको झलकका साथै माघी महोत्सव सभ्य र भब्य धुमधाम सङ मनाउने तथा राष्ट्रका आदिवासी थारू समुदायको राजनैतिक , सास्कुर्तिक , भाषिक , आर्थिक समानता , सामाजिक ऎक्यवद्दता, राज्यको हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व सहितको हक अधिकार बारे सो कार्यक्रमको उदेश्य रहेको आयोजक कमिटिको रहेको छ ।समापन कार्यक्रम दिउसो ४:३० बजे सम्म रहेको र यस कार्यक्रमलाई ११ आयोजक सस्थाहरुले सहयोग गरेको छ ।थारु कल्याणकारी सभा पर्सा , आदेश थारु छात्रावास पर्सा , थारु नागरिक समाज ( बारा, पर्सा , रौतहट ), मेल मिलाप थारू परिवार पर्सा , थारु पत्रकार सघ पर्सा ,थारु शिक्षक समिति पर्सा , ग्रामीण बासिन्दाको बिकासमा सहभागी सस्था पर्सा , थारु बिकास समाजीक सस्था पर्सा , प्रकाश थारु फाउन्डेसन , थारु विद्यार्थी समाज र थारु नगवा टोला रहका छन ।

यसै गरि समारोह सन्चालन गर्नको लागी विभिन्न उपसमितिहरु गठन गरिएको र आर्थिक समितिमा राजु प्रसाद थारु , परमान्द चौधरी र गौतम चौधरी , प्रचारप्रसार समितिमा सम्भु महतो , सन्जय दास , प्रकाश थारु , नन्दकिशोर पन्जियार , सास्कुतिक समितीमा दिपेन्द्र चौधरी ,पुनम महतो थारु मनोजा चौधरी , थारु परिकार समितिमा राज कुमारी चौधरी , अमृता चौधरी , सबिता चौधरी , संगीता चौधरी र रक्तदान कार्यक्रम संयोजकमा शेखर चौधरी रहेका छन् ।

पत्रकार सम्मेलनको प्रमुख अतिथि नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जराले नेपालमा रहेका आदिवासी थारुको सस्कृतीको जगेर्ना गर्न र राज्य सङ्ग लडिरहेको भएपनि आफ्नो हक , अधिकार अहिले सम्म नपाएकोले सबै एक हुनु पर्ने बेला आएको धारणा राखेका थिए ।कार्यक्रम संचालन दिपेन्द्र चौधरीले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल(जसपा) फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्। साथै उनीहरुसँग २९ […]

काठमाडौं । संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताए । ‘अध्यक्ष यो सरकारको स्थायित्वको […]

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्। स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्। राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, […]