२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

थारु समुदायले माघी( खिचडि )तथा थारु सम्बत २६४४ धुमधामका साथ मनाउने

Logo
प्रकाशित सोमबार, पुष २८, २०७६

अजित भुजेल
बिरगंज ,२८ पुस।थारु समुदायको नया बर्ष थारु सम्बत २६४४ औं तथा (खिचडि ) माघि पर्व विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने भएको छ ।

माघी मुल समारोह समिती पर्साको आयोजनामा सोमबार नेपाल पत्रकार महासघ पर्साको सभाहलमा पत्रकार सम्मेलन गरि कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।माघी मुल समारोह समिति पर्साका संयोजक बिजया औझैयाको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा यहि माघ १ गते बुधबारका दिन बिहान ११:०० बजे प्रभातफेरि घन्टाघर देखि थारु सास्कुतिक झलक सहित स्मिमिङ्गपुल पुगि १२:३० बजेदेखि थारु सास्कुती झलक घाटो , सामाचकेवा , झम्टा , थारु नाच त्यसै गरि थारु बिशेष परिकारहरु जस्तै-घोङ्गी , कैकरा, माछा , परेवा , हास , कुखुरा , चिचर , लाई , तिल आदि रहने , थरुहट मधेस आन्दोलनमा घाइते तथा आम समुदायका जिवन रक्षा गर्ने उदेश्यले रक्तदान कार्यक्रम गर्ने र यस कार्यक्रम सफल बनाउन र उपस्थित हुन समेत आग्रह गरेका थिए ।

माघ १ गते आदिवासी थारु समुदायको माघी ( खिचडी) पर्व र थारु समुदायको नया बर्ष सुरु भएको दिन भएकोले यस दिन सुभ कामना आदान प्रदान , भाया तथा सस्कुतिको झलकका साथै माघी महोत्सव सभ्य र भब्य धुमधाम सङ मनाउने तथा राष्ट्रका आदिवासी थारू समुदायको राजनैतिक , सास्कुर्तिक , भाषिक , आर्थिक समानता , सामाजिक ऎक्यवद्दता, राज्यको हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व सहितको हक अधिकार बारे सो कार्यक्रमको उदेश्य रहेको आयोजक कमिटिको रहेको छ ।समापन कार्यक्रम दिउसो ४:३० बजे सम्म रहेको र यस कार्यक्रमलाई ११ आयोजक सस्थाहरुले सहयोग गरेको छ ।थारु कल्याणकारी सभा पर्सा , आदेश थारु छात्रावास पर्सा , थारु नागरिक समाज ( बारा, पर्सा , रौतहट ), मेल मिलाप थारू परिवार पर्सा , थारु पत्रकार सघ पर्सा ,थारु शिक्षक समिति पर्सा , ग्रामीण बासिन्दाको बिकासमा सहभागी सस्था पर्सा , थारु बिकास समाजीक सस्था पर्सा , प्रकाश थारु फाउन्डेसन , थारु विद्यार्थी समाज र थारु नगवा टोला रहका छन ।

यसै गरि समारोह सन्चालन गर्नको लागी विभिन्न उपसमितिहरु गठन गरिएको र आर्थिक समितिमा राजु प्रसाद थारु , परमान्द चौधरी र गौतम चौधरी , प्रचारप्रसार समितिमा सम्भु महतो , सन्जय दास , प्रकाश थारु , नन्दकिशोर पन्जियार , सास्कुतिक समितीमा दिपेन्द्र चौधरी ,पुनम महतो थारु मनोजा चौधरी , थारु परिकार समितिमा राज कुमारी चौधरी , अमृता चौधरी , सबिता चौधरी , संगीता चौधरी र रक्तदान कार्यक्रम संयोजकमा शेखर चौधरी रहेका छन् ।

पत्रकार सम्मेलनको प्रमुख अतिथि नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जराले नेपालमा रहेका आदिवासी थारुको सस्कृतीको जगेर्ना गर्न र राज्य सङ्ग लडिरहेको भएपनि आफ्नो हक , अधिकार अहिले सम्म नपाएकोले सबै एक हुनु पर्ने बेला आएको धारणा राखेका थिए ।कार्यक्रम संचालन दिपेन्द्र चौधरीले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]