१४ कार्तिक २०८२, शुक्रबार
31-10-2025 , Fri
×

थारु समुदायको माघी खिचडी महोत्सव सप्पन्न

Logo
प्रकाशित बुधबार, माघ ०१, २०७६

अजित भुजेल
बिरगंज,१ माघ।समृद्ध राष्ट्र तथा समृद्ध समाज निर्माणका लागी सम्पुर्ण थारू समुदाय एक जुट बनौं भन्ने नाराका साथ थारु समुदायको नया बर्ष थारु सम्बत २६४४ औं तथा माघि ( खिचडि) महोत्सव सम्पन्न भएको छ।

माघी महोत्सव मुल समारोह समिति पर्साको आयोजनामा बिरगंजको आदर्शनगरस्थित स्विमिङ्ग पुलको प्राङ्गणमा भएको थियो ।माघी मुल समारोह समिति पर्साको संयोजक एवं बिरगंज पाठशालाका निर्देशक श्रीमती बिजया ओझैयाको सभापतित्वमा र श्री अनुपदिप्नी मा. बि.कोल्भिको जग्गादाता , शिक्षाप्रेमी , समाजसेबी स्व. अनुप तथा दिपनी चौधरीको प्रतिनिधि श्री बिपिन बिहारी चौधरीको प्रमुख आतिथ्य पानसमा दिप- प्रज्जोलित गरि बिधिवत कार्यक्रमको समुदघाटन गर्नु भएको थियो ।

महोत्सवमा विभिन्न थारु सस्कृति झल्कने समा चकेवा , झम्टा,घाटो नाचहरु प्रस्तुत गरेका थिए ।त्यसै गरि थारु परिकारहरुमा घोङ्गि , झिंगा माछा , बरारी माछा,परेवाको मासु , केकरा,हासको छोयला,हासको मासु,सेल ,अनरासा , टेलहि रोटि , पिठठा , सिद्राको अचार स्टलमा राखीएको थियो भने थरुहट मधेस आन्दोलनमा सहिद र घाइते परिवारहरुका लागी रगत आवस्यक पर्ने भएकोले रक्तदान कार्यक्रम पनि भएको थियो ।

त्यसैगरी बिरगंज पाठशालाका विद्यार्थीहरु र नगवा टोलाका डान्सरहरुको नाच पनि प्रस्तुत गरिएको थियो ।आजको कार्यक्रममा बिशिस्ट अतिथिमा उच्च अदालत जनकपुर र अस्थायी ईजलास बिरगंजका माननिय न्यायाधीश सत्यमोहन जोशी थारु , पर्सा जिल्ला २ नम्बर प्रदेशको बिधायक शन्कर प्रसाद चौधरी , राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा. कृपा सिंह चौधरी,पटेर्वा सुगौली गापा अध्यक्ष हरि नारायण चौधरी , उपाध्यक्ष ममता महतो थारु , जिरा भवानी गापा अध्यक्ष रामप्रित चौधरीको उपस्थित रहेको थियो।

त्यसैगरी गन्डक अस्पताल बिरगंजका सन्चालक रोहबर अन्सारी , नेपाल पत्रकार महासघ प्रदेश न.२ का उपाध्यक्ष केसि लामीछाने , नेपाल आदिवासी जनजाति पत्रकार महासघ ( फोनिज ) प्रदेश न.२ का ईन्चार्ज निरज पिठाकोटे मगर , नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जरा , प्रकाश थारु फाउन्डेसनका प्रकाश थारु,नन्दकिशोर पन्जियार , बिशाल चौधरी , पर्सा जेशिसका पुर्व अध्यक्ष एवं रक्तदान कार्यक्रमका संयोजक शेखर चौधरी , पर्सा बार एशोशियसनका सुधिर कर्ण, बृजमोहन चौधरी , महेन्द्र चौधरी , राजेन्द्र महतो थारु , हेम नारायण चौधरी , अर्चना चौधरी लगायतकाको उपस्थिति रहेको थियो ।

कार्यक्रमको बारेमा प्रकाश अमय दास थारु पार्नु भएको थियो ।स्वागत मन्तव्य थारु पत्रकार सघ पर्साका सभु महतो थारुले र कार्यक्रम सन्चालन दिपेन्द्र चौधरी र पुनम चौधरीले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]