२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

थारु समुदायको माघी खिचडी महोत्सव सप्पन्न

Logo
प्रकाशित बुधबार, माघ ०१, २०७६

अजित भुजेल
बिरगंज,१ माघ।समृद्ध राष्ट्र तथा समृद्ध समाज निर्माणका लागी सम्पुर्ण थारू समुदाय एक जुट बनौं भन्ने नाराका साथ थारु समुदायको नया बर्ष थारु सम्बत २६४४ औं तथा माघि ( खिचडि) महोत्सव सम्पन्न भएको छ।

माघी महोत्सव मुल समारोह समिति पर्साको आयोजनामा बिरगंजको आदर्शनगरस्थित स्विमिङ्ग पुलको प्राङ्गणमा भएको थियो ।माघी मुल समारोह समिति पर्साको संयोजक एवं बिरगंज पाठशालाका निर्देशक श्रीमती बिजया ओझैयाको सभापतित्वमा र श्री अनुपदिप्नी मा. बि.कोल्भिको जग्गादाता , शिक्षाप्रेमी , समाजसेबी स्व. अनुप तथा दिपनी चौधरीको प्रतिनिधि श्री बिपिन बिहारी चौधरीको प्रमुख आतिथ्य पानसमा दिप- प्रज्जोलित गरि बिधिवत कार्यक्रमको समुदघाटन गर्नु भएको थियो ।

महोत्सवमा विभिन्न थारु सस्कृति झल्कने समा चकेवा , झम्टा,घाटो नाचहरु प्रस्तुत गरेका थिए ।त्यसै गरि थारु परिकारहरुमा घोङ्गि , झिंगा माछा , बरारी माछा,परेवाको मासु , केकरा,हासको छोयला,हासको मासु,सेल ,अनरासा , टेलहि रोटि , पिठठा , सिद्राको अचार स्टलमा राखीएको थियो भने थरुहट मधेस आन्दोलनमा सहिद र घाइते परिवारहरुका लागी रगत आवस्यक पर्ने भएकोले रक्तदान कार्यक्रम पनि भएको थियो ।

त्यसैगरी बिरगंज पाठशालाका विद्यार्थीहरु र नगवा टोलाका डान्सरहरुको नाच पनि प्रस्तुत गरिएको थियो ।आजको कार्यक्रममा बिशिस्ट अतिथिमा उच्च अदालत जनकपुर र अस्थायी ईजलास बिरगंजका माननिय न्यायाधीश सत्यमोहन जोशी थारु , पर्सा जिल्ला २ नम्बर प्रदेशको बिधायक शन्कर प्रसाद चौधरी , राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा. कृपा सिंह चौधरी,पटेर्वा सुगौली गापा अध्यक्ष हरि नारायण चौधरी , उपाध्यक्ष ममता महतो थारु , जिरा भवानी गापा अध्यक्ष रामप्रित चौधरीको उपस्थित रहेको थियो।

त्यसैगरी गन्डक अस्पताल बिरगंजका सन्चालक रोहबर अन्सारी , नेपाल पत्रकार महासघ प्रदेश न.२ का उपाध्यक्ष केसि लामीछाने , नेपाल आदिवासी जनजाति पत्रकार महासघ ( फोनिज ) प्रदेश न.२ का ईन्चार्ज निरज पिठाकोटे मगर , नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जरा , प्रकाश थारु फाउन्डेसनका प्रकाश थारु,नन्दकिशोर पन्जियार , बिशाल चौधरी , पर्सा जेशिसका पुर्व अध्यक्ष एवं रक्तदान कार्यक्रमका संयोजक शेखर चौधरी , पर्सा बार एशोशियसनका सुधिर कर्ण, बृजमोहन चौधरी , महेन्द्र चौधरी , राजेन्द्र महतो थारु , हेम नारायण चौधरी , अर्चना चौधरी लगायतकाको उपस्थिति रहेको थियो ।

कार्यक्रमको बारेमा प्रकाश अमय दास थारु पार्नु भएको थियो ।स्वागत मन्तव्य थारु पत्रकार सघ पर्साका सभु महतो थारुले र कार्यक्रम सन्चालन दिपेन्द्र चौधरी र पुनम चौधरीले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]