२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

सप्तरीमा जनमत पार्टीका संगठन बिस्तारमा तिब्रता

Logo
प्रकाशित बिहिबार, माघ ०२, २०७६

न्यूजमधेश समाचारदाता
राजविराज,२ माघ।जनमत पार्टी सप्तरीको तिन स्थानिय तहमा विहिवार वडा स्तरीय तदर्थ समिति गरिएको छ । सप्तरीको बोदेबरसाइन नगरपालिका वडा नम्बर १, तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ७ र विष्णुपुर गाउँपालिका वडा नम्बर ४ मा वडा स्तरी तदर्थ समिति गठन गरिएको हो ।

बोदेबरसाईन नगरपालिका वडा नम्बर १ मा प्रदिप कुमार साहको नेतृत्वमा गठन गरिएको समितिको उपाध्यक्षमा रविन्द्र साह, सचिवमा दुर्गानन्द मण्डल, सह सहसचिवमा वौवु पण्डित, कोषाध्यक्षमा परमेश्वर साहलाई चयन गरेको छ । सदस्यमा लोकेन्द्र प्रसाद यादव, सहदेव मण्डल, बैजनाथ मण्डल, शिवशंकर पण्डित, पशुपति पण्डित, अनिल कुमार साह, मनोज कुमार साह, श्यामकुमार पण्डित, सरोज कुमार पण्डित, रामसुफल पण्डित, रामनाथ मण्डल, सञ्जय कुमार साह, सियाराम मण्डल, रामनाथ मण्डललगायतका २१ सदस्यीय समिति गठन गरेको हो।

यसै गरी तिलाठी कोइलाडी गाउँपालिका-७ मंसापुरको वडा तदर्थ समितिको संंयोजकमा मोहन कुमार मण्डल, उपसंयोजकमा केशव कुमार मण्डल, सचिवमा दिपेन्द्र मण्डल, सह सचिवमा राधेश्याम मण्डल कोषाध्यक्षमा सरयुग मण्डल रहेको छ ।

त्यसै गरी विष्णुपुर गाउँपालिका-४ कनकट्टामा वडा तदर्थ समितिका अध्यक्षमा रामनारायण शर्मा, उपाध्यक्षमा विनोद साह, सचिवमा जयप्रकाश साह, सह सचिवमा रामकृष्ण साह, कोषाध्यक्षमा सुरेन्द्र प्रसाद साह रहेको छ ।

कृष्णा कुमार साह, मो. इसुफ मिया, पवन कुमार साह, प्रमेश्वर दास, दुखिलाल मण्डल, बद्री साह, गंगाइ खंंग, राजकुमार मण्डल, शिवकुमार सदालगायत ५१ सदस्यीय समिति गठन गरिएको छ ।

जनमत पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीका इन्चार्ज सुरेन्द्र मधेशीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा जनमत पार्टी सप्तरीका सदस्य सञ्जय मधेसी, आलोक यादव, बोदेबरसाइन नगरपालिका वडा नम्बर १० का तदर्थ समितिका संंयोजक रामाअशिष यादव, विष्णुपुर गाउँपालिका तदर्थ समितिका अध्यक्ष इ. राजेन्द्र प्रसाद शाह, तिलाठी काेइलाडी गाउँपालिका तदर्थ समितिका संयाेजक सुशील कुमार मण्डल, इन्द्रदेव यादवसमेतकाे उपस्थित रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]