२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

पत्रकार संघ धनुषाको अध्यक्षमा दास चयन

Logo
प्रकाशित बिहिबार, माघ ०२, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,२ माघ।धनुषामा एक समारोहबीच विहिवार राष्ट्रिय दलित पत्रकार संघ नेपाल धनुषा शाखा गठन भएको छ।‘लोकतन्त्रको मूल आधार, सामान सहभागिता र विभेदमुक्त समाज अभिव्यक्ति स्वतन्त्रता र मर्या्दित पत्रकारिता हाम्रा आवाज नाराका साथ सात सदस्यीय समिति गठन गरिएको हो ।

संघ धनुषाको अध्यक्षमा कुलदीप दास प्रेम, उपाध्यक्षमा अनामिका मण्डल, सचिवमा राजेश पासमान, कोषाध्यक्षमा दिलिप दास रहेका छन् । त्यस्तै सदस्यमा रामएकवाल महरा र शंकर पासमानलाई सर्वसम्मतिबाट चयन गरिएको छ । त्यस्तै सल्लाहकारमा कैलास दास, राजु पासमान र विनोद महरा रहेका छन् ।

समाचार दैनिकका सम्पादक कैलास दासको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश साँसद चमेली देवी दासले दलितको संस्कृति संरक्षण र अधिकार सुनिश्चित हुने आश जागेको बताएका छन् । साँसद दासले भनिन, ‘पत्रकार कुनै जात र समुदायको हुँदैन । तर दलित पत्रकार संघ गठन पश्चात् दलितको अवस्थाबारेमा बढि लेख्ने र समस्या उजागर गर्ने विश्वास छ ।’ दलित पत्रकार नभएकै कारण अहिलेसम्म दलितको कुरा जुनरुपमा उठ्नुपर्ने थियो उठ्न नसकेको उनले जिकिर गरेकी छन् ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि विदेह नगरपालिकाका मेयर बेचन दासले पत्रकारका लागि छुट्याइएको बजेट मध्ये ४० प्रतिशत बजेट दलित पत्रकारहरुकै कार्यक्रम मार्फत खर्चिने उदघोष गरेका छन् । उनले अब गाउँ गाउँमा दलितहरुको समस्या बुझेर सम्बन्धित निकायसम्म जाने छ विश्वास रहेको बताएका छन् । कार्यक्रममा दलित अभियानी चन्देश्वर सादा, मुन्नी दास, रामअशिष दास, रामशंकर पासमान सहितको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]