१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

एक महिनामा ३१ जना फरार प्रतिवादी पक्राउ

Logo
प्रकाशित शुक्रबार, माघ ०३, २०७६

न्यूजमधेश समचारदाता
जनकपुरधाम, ३ माघ ।विभिन्न मुद्दाका ३१ जना फरार प्रतिवादीलाई धनुषा प्रहरीले एक महिनामै पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाले पुस ९ गते देखि माघ २ सम्म ३१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको हो ।

पुस मसान्तको १० गते सम्म ११ जना र माघ पहिलो सत्ताको २ गते सम्म २६ जना गरी ३१ जनालाई पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ परेका प्रतिवादीहरु अदालतबाट दोषी ठहर भई फरार भएर लुकिछिपि बसिरहेका थिए । प्रहरीले उनीहरुलाई गोप्य सुचनाको आधारमा पक्राउ गरिएको छ ।

पक्राउ परेका सबैलाई अदालतमा पेश गरिएको धनुषा प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका ३, अपराधी प्रवेश १, लागुऔषध ३, विगो ४, चोरी २, केहि सार्वजनिक अपराध ३, कुटपिट ४, ठगी १, ज्यान मार्ने उद्योग २, अपहरण १ र सरकारी कागज किर्ते गरेका एक जनालाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]