२७ बैशाख २०८२, आइतबार
11-05-2025 , Sun
×

एक महिनामा ३१ जना फरार प्रतिवादी पक्राउ

Logo
प्रकाशित शुक्रबार, माघ ०३, २०७६

न्यूजमधेश समचारदाता
जनकपुरधाम, ३ माघ ।विभिन्न मुद्दाका ३१ जना फरार प्रतिवादीलाई धनुषा प्रहरीले एक महिनामै पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाले पुस ९ गते देखि माघ २ सम्म ३१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको हो ।

पुस मसान्तको १० गते सम्म ११ जना र माघ पहिलो सत्ताको २ गते सम्म २६ जना गरी ३१ जनालाई पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ परेका प्रतिवादीहरु अदालतबाट दोषी ठहर भई फरार भएर लुकिछिपि बसिरहेका थिए । प्रहरीले उनीहरुलाई गोप्य सुचनाको आधारमा पक्राउ गरिएको छ ।

पक्राउ परेका सबैलाई अदालतमा पेश गरिएको धनुषा प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका ३, अपराधी प्रवेश १, लागुऔषध ३, विगो ४, चोरी २, केहि सार्वजनिक अपराध ३, कुटपिट ४, ठगी १, ज्यान मार्ने उद्योग २, अपहरण १ र सरकारी कागज किर्ते गरेका एक जनालाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]