१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

कर्मचारी समायोजनप्रति संघको असंतुष्टी

Logo
प्रकाशित शुक्रबार, माघ ०३, २०७६

न्यूजमधेश समचारदाता
जनकपुरधाम,३ माघ। सरकारले गरेको र्काचारी समायोजप्रति हेल्थ असिस्टेन्ट संघ नेपालले असंतुष्टी जनाएका छन् । बीहिबार हेल्थ असिस्टेन्ट संघ नेपाल प्रदेश २ समितिले जनकपुरधाममा बीहिबार एक विज्ञप्ती जारी गरी कर्मचारी समायोजनप्रति असंतुष्टी जनाएका छन् ।

सरकारीले पदीय मर्यादालाई ख्याल नगरेको शैक्षिक योग्यता र लोकसेवाद्धार छनौट भइ स्थानीय तहमा गएको हेल्थ असिस्टेन्ट कर्मचारीसंग अन्याय गरेको संघले गुनासो गरेका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय र स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले पदगत जेयष्ठताको अधारमा जिम्मेवारी दिन भने पनि कार्यनव्यन नभएको विज्ञप्तीमा उल्लेख भएको छ ।

हेल्थ असिस्टेण्ट ५,६ र ७ मा समायोजन भएका कर्मचारीलाई जिम्मेवारीविहिन बनाई सरकारले न्यायोचित जिम्मेवारी नदिएको संघले आरोप लगाएका छन् । समायोज भई स्थानीय तहमा लोकसेवा पास गरी गएको कर्मचारी भन्दा अनुभवको अधारमा सरकारले कार्यालय प्रमुखको जिम्मेवारी दिनु औचित्यहिन रहेको संघका केन्द्रिय प्रवक्ता रविन्द्र साहले बताए ।

दिगो विकासका लागि सरकारले दरबन्दी सच्याउनु पर्ने र समायोजन भएका कर्मचारीलाई योग्यताको अधारमा जिम्मेवारी दिइनु पर्ने माग गरेका छन् । माग समयमै पुरा नभए सशक्त आन्दोलन गर्ने संघले सरकारलाई चेतावनीसमेत दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]