१२ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

कर्मचारी समायोजनप्रति संघको असंतुष्टी

Logo
प्रकाशित शुक्रबार, माघ ०३, २०७६

न्यूजमधेश समचारदाता
जनकपुरधाम,३ माघ। सरकारले गरेको र्काचारी समायोजप्रति हेल्थ असिस्टेन्ट संघ नेपालले असंतुष्टी जनाएका छन् । बीहिबार हेल्थ असिस्टेन्ट संघ नेपाल प्रदेश २ समितिले जनकपुरधाममा बीहिबार एक विज्ञप्ती जारी गरी कर्मचारी समायोजनप्रति असंतुष्टी जनाएका छन् ।

सरकारीले पदीय मर्यादालाई ख्याल नगरेको शैक्षिक योग्यता र लोकसेवाद्धार छनौट भइ स्थानीय तहमा गएको हेल्थ असिस्टेन्ट कर्मचारीसंग अन्याय गरेको संघले गुनासो गरेका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय र स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले पदगत जेयष्ठताको अधारमा जिम्मेवारी दिन भने पनि कार्यनव्यन नभएको विज्ञप्तीमा उल्लेख भएको छ ।

हेल्थ असिस्टेण्ट ५,६ र ७ मा समायोजन भएका कर्मचारीलाई जिम्मेवारीविहिन बनाई सरकारले न्यायोचित जिम्मेवारी नदिएको संघले आरोप लगाएका छन् । समायोज भई स्थानीय तहमा लोकसेवा पास गरी गएको कर्मचारी भन्दा अनुभवको अधारमा सरकारले कार्यालय प्रमुखको जिम्मेवारी दिनु औचित्यहिन रहेको संघका केन्द्रिय प्रवक्ता रविन्द्र साहले बताए ।

दिगो विकासका लागि सरकारले दरबन्दी सच्याउनु पर्ने र समायोजन भएका कर्मचारीलाई योग्यताको अधारमा जिम्मेवारी दिइनु पर्ने माग गरेका छन् । माग समयमै पुरा नभए सशक्त आन्दोलन गर्ने संघले सरकारलाई चेतावनीसमेत दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]