२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

गतिशून्य अवस्थामा सरकार टिक्न सक्दैन्:अनिल महासेठ

Logo
प्रकाशित शुक्रबार, माघ ०३, २०७६

न्यूजमधेश समचारदाता
जनकपुरधाम,३माघ।प्रदेश २ मा चालु आर्थिक वर्षको ६ महिना बितिसक्दापनि बजेट खर्चको प्रकृया अगाडी बढेको छैन् ।राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रिय सदस्य अनिल महासेठले सरकार गतिशून्य अवस्थामा धेरै समय टिक्न नसक्ने टिप्पणी गरेका छन् ।

राजपाले राष्ट्रिय सभा चुनावका लागि संघीय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सित तालमेल गरेपछि प्रदेश २ को सरकारमा ग्रहण लागेको संकेतहरु देखिन थालेका छन् ।नेता महासेठले भने, प्रदेश सरकारले दिन काटिरहेकोछ ।

‘गत वर्षमा उपभोक्ता समितिहरु मर्फत भएको कामको ८७ करोड भुक्तानी बाँकी छ’ उनले भने, सरकारले त्यो रकम दिन सहज छैन्, तर भुक्तानी नभए सरकारले काम अगाडी बढाउन सक्ने अवस्थापनि छैन् ।

राजपा र नेकपाबीच भएको तालमेलको असर प्रदेश २ को सरकारमा पर्ने समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलेपनि बताउन थालेका छन् ।

राजपाका नेता महासेठले समाजिक सञ्जालमा लेखेका छन् ‘संघीयताको जननी मधेश हो । त्यसैमध्ये हालको प्रदेश २ सरकारको नेतृत्वकर्ता मुख्यमन्त्री लालबाबु राउतजीसँग त्यो सरकारको लोकसेवा आयोग पास मन्त्रीजीहरु तपाईंहरुको सरकारको दोस्रो वर्षको आठ महिनामा एक रुपैयाँ पनि विकास खर्च गर्न सक्नु भएको छैन ।’

मुख्यमन्त्री लालबाबु राउत र वरिष्ठ मन्त्री जितेन्द्र सोनललाई सचेत गराउँदै उनले अगाडी भनेका छन् , ‘पुरानो वर्षको उपभोक्ताहरुको पैसा त तिर्न सक्नु भएन । अझ पनि समय छ, सिरियस हुनुस्। नत्र कुनै दिन राति सुतेर बिहान हेर्दा संघीयता नि हुँदैन पद नि रहँदैन ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । […]

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]