३० भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
×

समाजबादीका नेता तथा कार्यकर्ता अन्य पार्टीमा गएको छैन, बरबरियाको भ्रममा नपर्न नगर अध्यक्ष यादवको आग्रह

Logo
प्रकाशित शुक्रबार, माघ ०३, २०७६

न्यूजमधेश समचारदाता
जनकपुरधाम,३माघ।समाजबादी पार्टीका शहिदनगर नगर अध्यक्ष दिनेश कुमार यादले धनुषा क्षेत्र न.२ शहिदनगर नगरपालिका का समाजबादीका नेता तथा कार्यकर्ता कुनै पनि अन्य पार्टीमा प्रवेश नगरेको बताएका छन । एक पार्टीले आफ्नै कार्यकर्तालाई पार्टी प्रवेश गराई रिनु गराउने काम गरेको समाजबादीका नेता कार्यकर्ता प्रवेश गरेको भ्रम फैलाउन खोजेको नगर अध्यक्ष यादवले टिप्पणी गरे ।

झुठ र भ्रमको खेती गर्दै राजनीतिक स्वार्थ पूरा गर्न खप्पिस सहिद नगरपालिकाका मेयर उदय बरबरिया पछिल्लो समय समाजबादी पार्टीका नेता तथा कार्यकर्तालाई भ्रमित गरि आफ्नो नेतालाई खुशी पार्न आफ्नै कार्यकर्तालाई रीनु गराएर तल्लो स्तरको हरकत गरेको ब्यंग्य गरे । नगर अध्यक्ष यादव भन्छन -“समाजबादी पार्टीका नेता कार्यकर्ता पार्टी र जनभावना प्रति निश्पक्ष रहेको छ ।

बरबरियाको भ्रममा पर्दैन्न। जनताले उनको काम र भ्रष्टाचारको मूल्यांकन गरिसकेको छ ।” जनताको मत लिएर नगरवासीलाई सेवा दिन नसकेका मेयर बरबरिया धनुषा क्षेत्र नं २ शहिदनगरमा निकै कम्जोर साबित हुँदै गएकोले आफ्नै कार्यकर्तालाई प्रवेश गराएर जुरमुराउन खोजेको समाजबादी पार्टी, सहिद नगरपालिका वडा नं.१ का नेता एवं समाजवादी युवा जिल्ला सचीव बिजय कुमार यादव को टिप्पणी छ । एक जना पनि पार्टी प्रवेश नभएपछी बरबरियाले नाटक मंचन्न गरेको आफ्नै कार्यकर्ता लाई रिनुएवल गरेको युवा नेता बिजयले कटाक्क्ष गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]