०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

विद्यार्थीको सहुलियत छुटको कार्यानव्यन गराउन प्रजिअलाई विद्यार्थी जनमतको ज्ञापन

Logo
प्रकाशित शुक्रबार, माघ ०३, २०७६

मनोज मोरवैता

सिरहा,३माघ।विद्यार्थीहरुलाई यातायातमा आवतजावतमा नेपाल सरकारले दिएको ४५ प्रतिसत छुटको सहुलियत कार्यान्वयन नभएको प्रति विद्यार्थी जनमत संघको ध्यानाकषर्ण भएको छ ।

विद्यार्थीहरुलाई प्रदान गरिएको सहुलियतलाई कार्यान्वयन गराउन पहलका लागि संघ सिरहाले बिहिवार जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र वुझाएको छ ।

विद्यार्थीहरुले आफनो सहुलियत छुटकै विषयमा आवाज उठाउदै लहानमा कुटिनु र दुव्यवहार खेप्नु परेको ज्ञापनपत्रमा उल्लेख गर्दे यस किसीमका घटना पुनः घटन नदिन र नेपाल सरकारको निर्णयलाई कार्यान्वयन गराउन ज्ञापनपत्र माफर्त माग गरिएको छ ।

जनमत विद्यार्थी संघका युवा नेता अरविन्द सहनीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सिरहा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र वुझाउदै निर्णयलाई कार्यान्वय गराउन तथा विद्यार्थीमाथि पुनः पुनः हातपात जस्तो आपराधिक घटना घटन नदिनका लागि माग गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]