२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

नेपाल सेल्फ डिफेन्स संघ धनुषा गठन अध्यक्षमा श्रवन चयन

Logo
प्रकाशित शनिबार, माघ ०४, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,४ माघ।नेपाल सेल्फ डिफेन्स संघ धनुषा गठन भएको छ । बुधबार जनकपुरधाममा २५ सदस्य नेपाल सेल्फ डिफेन्स संघ धनुषाको गठन भएको हो ।

खेल जगतमा लामो समयदेखि लागेका प्रशिक्षक एवं खेलाडीहरुको सहमतीमा संघको अध्यक्ष पदमा श्रवन अर्चाय चयन भएको छ । उपाध्यक्ष पदमा मोहमद असगर खान, अमित यादव र सचिव पदमा सुवास पाठक सर्वसहमती छनौट भएको जनाइएको छ ।

संघको प्रदेश संयोजक बैजनाथ यादवका अनुसार विभिन्न खेलकुदमा आवद्ध खेलप्रेम्री एवं खेलका प्रशिक्षकहरुलाई समावेश गरी संघ गठन भएको छ । यसले विस्तारै जिल्लाका सबै प्रदेशमा शाखा गठन गर्ने भन्दै यसलाई विस्तारै देश व्यापी रुपमा अगाडी बढाउन जनाए ।

समाजहितको लागि महिला हिंसा न्युनिकरण गर्ने उद्देश्यले संघ गठन भएको संयोजक यादवले बताए । उनको अनुसार देशमा महिला माथि हुने सबै प्रकारको विभेदबाट बच्न आत्मरक्षा तालिम आवश्यक पर्छ, त्यो संघले पुरा गर्ने उनले विश्वास लिएका छन् ।

आउदो १२ गते विभिन्न देशका कराते प्रशिक्षकहरु नेपाल आउने नव गठित संघले जनाएको छ । संघको अनुसार अमेरिका, पोल्यण्ड र युरोपका कराते प्रशिक्षकहरु जनकपुरधाम आउन लागेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]