१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

नेपाल सेल्फ डिफेन्स संघ धनुषा गठन अध्यक्षमा श्रवन चयन

Logo
प्रकाशित शनिबार, माघ ०४, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,४ माघ।नेपाल सेल्फ डिफेन्स संघ धनुषा गठन भएको छ । बुधबार जनकपुरधाममा २५ सदस्य नेपाल सेल्फ डिफेन्स संघ धनुषाको गठन भएको हो ।

खेल जगतमा लामो समयदेखि लागेका प्रशिक्षक एवं खेलाडीहरुको सहमतीमा संघको अध्यक्ष पदमा श्रवन अर्चाय चयन भएको छ । उपाध्यक्ष पदमा मोहमद असगर खान, अमित यादव र सचिव पदमा सुवास पाठक सर्वसहमती छनौट भएको जनाइएको छ ।

संघको प्रदेश संयोजक बैजनाथ यादवका अनुसार विभिन्न खेलकुदमा आवद्ध खेलप्रेम्री एवं खेलका प्रशिक्षकहरुलाई समावेश गरी संघ गठन भएको छ । यसले विस्तारै जिल्लाका सबै प्रदेशमा शाखा गठन गर्ने भन्दै यसलाई विस्तारै देश व्यापी रुपमा अगाडी बढाउन जनाए ।

समाजहितको लागि महिला हिंसा न्युनिकरण गर्ने उद्देश्यले संघ गठन भएको संयोजक यादवले बताए । उनको अनुसार देशमा महिला माथि हुने सबै प्रकारको विभेदबाट बच्न आत्मरक्षा तालिम आवश्यक पर्छ, त्यो संघले पुरा गर्ने उनले विश्वास लिएका छन् ।

आउदो १२ गते विभिन्न देशका कराते प्रशिक्षकहरु नेपाल आउने नव गठित संघले जनाएको छ । संघको अनुसार अमेरिका, पोल्यण्ड र युरोपका कराते प्रशिक्षकहरु जनकपुरधाम आउन लागेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]