२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

प्रदेश सरकार बलिदानी दिवस मनाउदै, माघ ५ गते सार्वजनिक विदा

Logo
प्रकाशित शनिबार, माघ ०४, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम, ४ माघ। मधेश आन्दोलनका शहीदहरुको सम्झनामा माघ ५ गते मनाइने बलिदानी दिवस प्रदेश सरकार यस वर्ष पनि औपचारिक कार्यक्रम गरि मनाउने भएको छ ।

प्रदेश सरकारले विरगंजमा आयोजना गर्ने बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकार मन्त्रीहरु, मधेश आन्दोलनका सहयात्री दलका नेताहरु, शहिद परिवार, नागरिक समाज बुद्धिजिवी सहितको सहभागिता रहने जनाइएको छ ।

शहीद परिवारलाई सम्मान समेत गरिने उक्त कार्यक्रममा सहभागी हुन मधेश आन्दोलन प्रदेश नं. २का सम्पूर्ण शहीद परिवारलाई जानकारी गराइएको छ । बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले माघ ५ गते सार्वजनिक विदाको घोषणा समेत गरि सकेको छ ।

प्रथम मधेश विद्रोहको क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले दिएको प्रथम बलिदानीको अवसरपारेर मधेश केन्द्रित दलहरु माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउदै आएको थियो ।

तर प्रदेश सरकारको गठन पश्चात गत वर्ष देखी प्रदेश सरकारले उक्त दिवस मनाउन थालेका छन । गत वर्ष प्रदेश सरकारले सिरहाको लहानमै बलिदानी दिवस कार्यक्रमको आयोजना गरेको थियो भने यस वर्ष विरगंजमा आयोजना गर्न लागेका हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]