१० फाल्गुण २०८२, सोमबार
23-02-2026 , Mon
×

डेट स्पाइर मेडिसिन जस्तै कांग्रेस र नेकपा पार्टी रहेको डा सिके राउतको दाबी

Logo
प्रकाशित शनिबार, माघ ०४, २०७६

मनोज मोरबैता
सुनसरी , ४ माघ।जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतले मधेसको अधिकारका लागि जस्तोसुकै संर्धष गर्न तयार रहेको कुरामा जोड दिएका छन् ।

सुनसरीको इनरुवामा आयोजना गरिएको आमसभालाई शनिवार सम्बोधन गर्दै डा राउतले मधेसीहरुको बलिदानीबाट आएका उपलब्धीलाई संस्थागत गर्नुको सटा मधेसीहरुले मधेसी जनतालाई बेची रहेको आरोप लगाए ।

मधेसको मुक्ति कसरी हुन्छ भनेर तिर नसोची सता र शक्तिमा कसरी पुग्ने अनि पैसा कसरी कामउनेतिर नै बढी ध्यान राजनितिक दलहरुको रहेको आरोप समेत लगाए ।

संविधान संशोधन नगरे सम्म तराई मधेसको जनताले मुक्ति नपाउने उनको कथन रहेको थियो । ७० बर्ष पुरानो पार्टी नेपाली काँग्रेस, तत्कालिन एमाले अहिलेको नेकपा पार्टी डेट स्पाइर मेडिसिन जस्तै रहेको दाबी गर्दै तराई मधेसको समस्या कहिलेपनि समाधान गर्नतिर नलागेको बताए ।

मधेसी जनताको पहिचान कायम गराउन एक मात्र पार्टी जनमत पार्टी रहेको चर्चा गर्दै सहयोग गर्न सबैलाई डा. राउतले आग्रह गरे । मधेसमा अहिले पनि सिचाईको प्रभावकारी सुबिधा नहुनु, खानपानी, बिजुलीबती ,शिक्षा, स्वास्थ्य वाटोघाटो समेतको उचित व्यवस्था राज्यले नगरी मधेसीहरु माथि बिभेद गर्ने गरेको राउतले दावी रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]